प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल प्रहरी विजयी

प्रकाशित मिति: ६ मंसिर २०७५, बिहीबार

काठमाडौं । नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब विजयी भएको छ ।

प्रदेश नं ६ लाई ९–० को फराकिलो गोलअन्तरले पराजित गर्दै नेपाल प्रहरी प्रतियोगितामा विजयी भएको हो । जीतसँगै नेपाल प्रहरी प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ ।

नेपाल प्रहरीलेको जितमा निरु थापा एक्लैले चार गोल गरेकी थिइन् । प्रहरीकी अर्की खेलाडी सुवानी कुसवाहले खेलको ५३, निर्मला उपाध्यायले खेलको ५६, सिर्जना खड्काले खेलको ६० तथा रुपा मगरले खेलको ८८औँ मिनेटमा एक/एक गोल गरे । खेलमा वुमन अफ दी म्यान प्रहरीकी निरु थापा घोषित भइन् ।

मंसिर १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टोलीले रु तीन लाख,उपविजेताले रु एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु ५० हजार प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट