पाकिस्तान प्रिमियर लिगका लागि छानिए सन्दीप, न्यूनतम पारिश्रमिक ५० हजार डलर

प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार

काठमाडौं, ४ मंसिर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट विदेशी लिगमा खेल्न सुरुवात गरेका सन्दीप लामिछानेले अब पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।

सन्दीप मंगलबार भएको अक्सनबाट पाकिस्तान सुपर लिगका लागि छनौटमा परेका हुने । गोल्ड क्याटागोरीबाट छानिएका सन्दीपले लाहोर कालान्दर्स क्लबमाबाट पाकिस्तान सुपर लिग खेल्ने छन् । सन्दीप छनोट भएसँगै उनले न्यूनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् ।

डाइमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी ४ वर्गमा खेलाडीको वर्गीकरण गरिँदा सन्दीप विदेशी खेलाडी कोटाबाट गोल्ड क्याटागोरीमा परेका थिए भने पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका सोमपाल सिल्भर क्याटेगोरीमा छन् । सिल्भर विधामा रहेका सोमपालमाथि बोली लागेमा उनको न्यूनतम मूल्य २२ हजार डलर रहने छ ।

सन्दीप लामिछानेसँगै लाहोरको टिममा दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डि भिलियर्स, फखर जमान, मोहम्मद सफिज, यासिर शाह, कार्लोस ब्राथ्वाइट, कोरी एन्डर्सन, एन्टोन डेभ्किच, रहत अली, शाहिन अफ्रिडी, अघा सलमान, सोहिइल अख्तर, हसन खान रहेका छन् ।

पाकिस्तान सुपर लिग २०१९ को फेब्रुअरी १७ देखि मार्च १७ तारिखसम्म हुदैछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट