दशैँ विशेष: नौ रथाभरि नौ नारी

केटीमान्छे पर्फेक्ट होइन ब्रेभ हुनुपर्छ: रोजिता बुद्धाचार्य(भिडियोसहित)

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

काठमाडौंको असनमा बस्ने २५ वर्षीया रोजिता बुद्धाचार्य विज्ञान विषयकी विद्यार्थी हुन् । फिजिक्सबाट मास्टरर्स सकेर हाल उनी पिएचडिको तयारीमा छिन्।भर्खरै मात्र प्रथम महिला पत्रकार सगरमाथा आरोही २०१८ को टिमबाट टोलीनेता भई सगरमाथा आरोहण गरेर फर्केकी उनी अहिले तारा, ग्रह र ग्यालेक्सीहरुबारे अध्ययन गर्दै गरिरहेकी छन् ।

सगरमाथा आरोहणका लागि सबैभन्दा पहिले मानिसले मानसिक रुपमा तयार हुनुपर्छ भन्ने मान्यता राख्छिन् उनी । २०१७ जुनदेखि उनको ५ जनाको टिमले वाल क्लाइम्बीङ र रोप एक्सीकको टेक्निकल ट्रेनिङ गरे । लगत्तै उनीहरुले रकमा बेसिकदेखि एडवान्स कोर्स गरेर रेगुलर एक्सरसाइज जिम, हाइकिङ र हिमाल सम्बन्धी अन्य तालिम लिएर लामो संर्घषपछि सगरमाथाको अरोहण गरेकी हुन् ।

उनी बीपी कोइराला मेमोरियल प्लानीटेरीयम अब्जरभेटिभ र विज्ञान संग्राहलय विकास समितीको तर्फबाट नेपाल टेलिभिजनमा आजको विज्ञान कार्यक्रम चलाउँदै आएकी छन् । उनी एक विज्ञान पत्रकार हुन् । उनले झमक कुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ भन्ने नेपाली चलचित्रमा अभिनय गरी विभिन्न मञ्चमा मञ्चित नाटकहरुमा समेत अभिनय गरेकी छन् ।

२५ वर्षकै कलिलो उमेरमा सफलताको उच्च बिन्दुमा पुगेकी उनी जीवनमा सफलता प्राप्त गर्न आफू र आफूभित्रको प्रतिभालाई बुझ्न अति आवश्यक ठान्दछिन् । नेपाली समाजमा भएको लैङ्गिक विभेदका विषयमा सधै खुलेर आवाज उठाउने महिला हुन् उनी समाजको यो अन्धविश्वास हटाउन आफैदेखि पहल गर्नुपर्ने सल्लाह दिन्छिन । केटीमान्छे पर्फेक्ट होइन ब्रेभ हुनुपर्छ भन्ने मान्यता उनको छ ।

उनी साढे दुई वर्षको हुँदा उनकी आमाले यो संसारबाट बिदा लिइन् । आमाको निधनपछि उनलाई हजुरबुबाले स्याहार गरेर हुर्काए । हजुरबुबालाई मेरा आमाको अनुहार कस्तो थियो भनेर प्रश्न सोध्दा हजुरबुवाले दिक्क मानेर चन्द्रमा देखाएर तिमीलाई आमा भेट्नु छ भने त्यहाँ जानुपर्छ भनेर उत्तर दिने गरेको उनी सुनाउछिन् ।

त्यतिबेला उनलाई घरको एउटा कौसीबाट अर्को कौसीमा जम्प गरेर त्यहाँबाट पहाड हुँदै हिमालमा जम्प गरेर चन्द्रमामा जान्छु र आमालाई भेट्छु जस्तो लाग्थ्यो रे । त्यहि एउटा चन्द्रमामा कसरी जाने, मेरो आमा कस्तो देखिनु हुन्छ होला भन्ने उत्सुकताले उनलाई विज्ञान र त्यसमा पनि फिजिक्स पढ्न अभिरुची पलाएको उनले बताइन् ।

कामको चाँप र व्यस्तताले गर्दा अहिलेसम्म उनलाई दशैँ आएको महशुस भएकोे छैन । सानो उमेरमा नै यति धेरै सफलता हात पारेकी रोजिता निकै मिहिनेत र परिश्रमी छन् । रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेष मा उनै रोजितासँग गरिएको रमाइलो कुराकानी :


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट