भारतमा जन्मियो हत्केलामा अटाउँने बच्चा, यति छ तौल

प्रकाशित मिति: १० श्रावण २०७५, बिहीबार

नयाँ दिल्ली । सामान्यतया बच्चा जन्मिदा उसको तौल अढाई किलोदेखि साढ़े तीन किलोको बीचमा हुने गर्दछ । तर के तपाईहरुले तीन सय ७५ ग्राम तौल भएको बच्चा जन्मिएको थाहा पाउनु भएको छ ?

सुन्दा अचम्म लाग्ला यति सानो तौलको बच्चा पनि जन्मिन्छ र भनेर ? तर, भारतको हैदराबादमा मात्र तीन सय ७५ ग्राम तौल रहेकी बालिकाको जन्म भएको छ । गत साता हैदराबादको रेनबो अस्पतालमा जन्मिएकी यी बालिकाको नाम चेरी राखिएको छ ।

चिकित्सकहरूका अनुसार सामान्यतया गर्भधारण गरेको ३६ देखि ४० हप्तामा बच्चा जन्मिन्छ तर चेरी महिना नपुगी जन्मेकी हुन् । २५औँ हप्तामा नै जन्मिएकी उनको लम्बाई लगभग २० सेन्टीमीटर रहेको छ । उनी सामान्य मानिसको हत्केलामा अटाउँछिन् ।

निर्धारित समयभन्दा चार महिना अगावै जन्मिएकी चेरीका लागि जीवित रहनु निकै चुनौतीपूर्ण रह्यो । निरन्तर चिकित्सकीय निगरानीमा राखिएकी चेरीको स्वास्थ्य अवस्था बिस्तारै सामान्य हुँदैछ र अब उनको तौल अढाई किलो भइसकेको छ ।

जन्मिने बेला मात्र तीन सय ७५ ग्राम तौल रहेकी चेरीलाई दक्षिणपूर्व एशियामै सबैभन्दा सानी बालिकाको रूपमा हेरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट