पूर्वमा भेटियो अचम्मको मानिस (भिडियोसहित)

प्रकाशित मिति: ११ असार २०७५, सोमबार

मोरङ उर्लाबारी ५ झुम्राका यज्ञबहादुर कटवालले अदभूत कला प्रस्तुत गरेका छन् । उनले जिब्रोलाई निधारसम्म पुर्‍याएर सबैलाई अचम्ममा पारेका हुन् ।

जिब्रोलाई नाकको डाडोसम्म पुर्‍याउन सामान्य मानिसलाई मुस्किल पर्दछ तर यि युवाले भने निधारसम्म पुर्‍याएर सबैलाई चकित बनाएका हुन् ।

उनको नाकको डाडो सामान्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट कीराहरू निस्केको उनले बताए । बच्चादेखि नै नाक सानो भए पनि केही नभएको तर अहिले केही समय यता भने नाकबाट कीरा निस्कन थालेको यज्ञबहादुरले बताए ।

आर्थिक अवस्था नाजुक भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएका छन्, पुरा भने नभएको उनले बताएका छन् । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दातको नाममा एउटा मात्र रहेको छन् ।

गाउँमा ईकु नामले परिचित उनलाई फिल्मको लागि पनि अफर आउन थालेको छ । आफूभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने उनलाई रहर छ ।
-धनकुटा खबरबाट


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट