रोकियोस् इटहरीको यौनधन्दा !

प्रकाशित मिति: २ असार २०७५, शनिबार

एक नम्बर प्रदेशको केन्द्रबिन्दुको रुपमा रहेको इटहरी नेपालकै चर्चित शहर हो । ब्यापारिक हवको रुपमा विकसित हुँदै आएको इटहरी पछिल्लो समय फेरि केही होटल व्यवसायीहरुको विकृत धन्दाले बद्नाम बनेको छ ।

४ वर्ष अगाडिदेखि सुध्रदै गएको इटहरी अहिले कर्ल गर्लको कारण पुनः बदनाम हुन थालेको पाईन्छ । पहिला क्याविनमा बस्ने यौनकर्मी महिलाहरु अहिले कर्ल गर्लको रुपमा छ्यासछ्यास्ती इटहरीमा भेटिन थालेका छन् । इटहरी आउनेहरुलाई युवतीहरुसँग रात बिताउने ग्राहकहरुलाई मिलाई दिने काम गर्ने इटहरीका केहि होटल व्यवसायीले होटल व्यवसायको मात्र हैन समग्र इटहरीबासीको बदनाम गरेका छन् । विगतमा इटहरी क्षेत्रमा यौन व्यवसाय फस्टाएको थियो ।

तत्कालिन डिएसपी विनोद शर्माको सकृयतामा यौन कार्यमा युवतीहरुलाई बाध्यकारी बनाउने होटल संचालक, यौनधन्दामा संलग्न युवतीहरुलाई मुद्धा चलाए पछि इटहरीमा यस्तो कार्य बन्द भएको थियो । तर अहिले पुनः इटहरीमा यो धन्दा सुरु भएको प्रहरीले पक्राउ गरेको तथ्यांक हेर्दा पनि प्रष्ट हुन्छ । होटलमा युवतीहरुलाई सीमित पैसा दिएर इटहरी तथा भेडेटारका लजहरुमा ग्राहकहरुसँग युवतीहरुलाई पठाउने गरेको पाईएको छ । कतिले त इटहरी तथा आसपासमा घर नै भाडामा लिएर समेत यौन धन्दा संचालन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दलालहरुले युवतीहरुलाई ग्राहक हेरि हेरि मूल्य राखेर यौन कार्यका लागि युवतीको शरीर मोल मोलाईमा बिक्रि गरिरहेका छन् । यौनधन्दा संचालकहरुले युवती उपलब्द गराउने र त्यो बापत मोटो रकम असुल गर्ने गरिरहेका उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्नु आवश्यक छ । होटलमा कतिपयले युवती होटलमै राखेर ग्राहकलाई उपलब्ध गराउदै आएको पाइयो भने कतिपयले आफ्नो धन्दा थाहा नहोस् भनेर युवतीहरुलाई सम्पर्कमा राख्ने र चाहिएको बेला फोनबाट बोलाएर ग्राहकलाई जिम्मा जगाउने गरेको प्रहरी आफै स्वीकार गर्छ । यौन कार्यमा संलग्न युवतीहरु टिनएजका भएको पाईएको छ । १५ वर्षदेखि २०/२२ वर्ष उमेरका युवतीहरु यस्तो कार्यमा संलग्न भएको पाइएको छ । इटहरी होटलहरुको सम्पर्कमा बस्ने युवतीहरु प्रायः इटहरी बाहिरका रहेको प्रहरीले जनाएको छ । कोठा भाडामा लिएर बस्ने युवतीहरुलाई होटलवालाहरुले ग्राहकसँग पठाउने गरेका छन् ।

युवतीको शरीर मोलमोलाई गरी बिक्रि गर्नेलाई कडा भन्दा कडा कारवाहीगर्नुको विकल्प छैन । उनीहरुलाई सार्वजनिक मुद्दामात्र लगाएर सधै छोडिरहने हो भने उनीहरु पुनः त्यही अवैध व्यवसायमा आएर समग्र इटहरीको बदनाम गर्ने पक्का छ । तसर्थ यसरी छोटो समयमा धेरै पैसा कमाउँन पल्केका यौनधन्दा चलाउँनेहरुलाई सामाजिक बहिष्कार किन नगर्ने ? किन बोल्दैनन् इटहरी बदनाम हुँदा पनि नागरिक समाजको विल्ला भिरेर अतिथिको आशण ग्रहण गर्ने पल्लेका पदाधिकारीहरु ? किन चुप छन सामाजिक अगुवाहरु ? किन मौन बसेका राजनितिक दलहरु ? यस विषयमा गम्भीर हुन जरुरी छ । होटल ब्यवसायको नेताहरु अवैध कार्य गर्नेलाई छुटाउँन हैन उनीहरुलाई कारवाहीको माग गदै प्रहरी कार्यालय जाने अभियान इटहरीमा कहिले चल्ला ? यस विषयमा सम्पूर्ण इटहरीका सचेत नागरीकहरु लाग्नु जरुरी छ ।

व्यवसायी संघको काम के ?
इटहरीमा भएको यौन धन्दा रोक्न अहिले होटल व्यवसायी संघले पनि खासै चासो देखिएको जस्तो देखिदैन । बजारमा भईरहेको यौनधन्दा रोक्न व्यवसायीहरुलाई कडाई गर्नुपर्ने संघ केमा ब्यस्त छरु किन बोल्दैनन् व्यवसायीहरुको नकरात्मक कार्यको पक्षमारु यस विषयमा व्यवसायीहरुको आफैमा चरम लापरवाही देखिन्छ । व्यवसायको नेताहरुले उनीहरुलाई छुटाउँन मात्र हैन हैद सम्मको कारवाहीको सिफारीस प्रहरी समक्ष गर्नुपर्छ । व्यवसायी संघको नेता कुनै कार्यक्रममा अतिथि खान मात्र हैन व्यवसायीहरुको राम्रो र नराम्रो कार्य दुवैको पक्षमा बोल्नु पर्ने हैन र? होटल व्यवसाय कै कारण वर्षैदेखि बदनाम हुुनु परेको अवस्थामा व्यवसायीहरुलाई कडाई गर्ने व्यवसायी संघको सक्रियता आवश्यक छ । तसर्थ इटहरीको पर्यटन क्षेत्रको विकास गर्न इटहरी क्षेत्रमा भईरहेको यौनधन्दाको अन्त्य हुनु जरुरी छ । राम्रा व्यवसायीलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न हैसियत व्यवसायी संघमा बस्ने नेतृत्वले लिनु पदैन र ?

प्रहरीको अवैधानिक छापा
अहिले प्रहरीले अनुसन्धानको नाममा होटलहरुमा छापा मार्ने काम आफैमा व्यवहारिक भने छैन । अनुसन्धानको नाममा प्रहरीले रिसिईवी साध्ने काम समेत गरिरहेको छ भन्दा फरक नपर्ला । अहिले यौनकर्मी पक्राउ गर्ने अभियान प्रहरीको प्रशंसा गर्ने लायक काम भएको भए पनि होटलहरुमा गएर छापा मारेर व्यवसायी आतंकित बनाउँने कामलाई भने राम्रो मान्न सकिदैन । सूचनाको आधारमा होटलहरुममा छापा मार्ने हो तर पर्यटकहरुलाई नै त्रसित गर्ने तरिकाले होटलहरुमा छापा मार्दा आन्तरिक तथा बाह्य पर्यटकहरु इटहरीमा बस्न चाहदैनन् । त्यो घाटा होटल व्यवसायीहरुको लागि मात्र हैन समग्र इटहरीको लागि हो । यस विषयमा पनि प्रहरीले ध्यान दिनु जरुरी छ । होटलमा दैनिक गएर छापा मार्ने हैन अवैध गर्नेलाई कडा कारवाही गर्ने र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने अभियानमा प्रहरी लाग्नु पर्छ । होटलमा बस्न आउँनेहरु छापा मार्ने डरले अन्यत्र जाने पक्का छ । तसर्थ होटलमा दैनिक छापा हैन होटललाई सिस्टममा लैजाने अभियान चलाउनु प्रहरीको दायित्व हो । अवैध काम गर्नेहरुलाई कानुनी दायरामा ल्याउँनु राम्रो हो तर होटलहरुमा बस्ने पाहुनाहरुलाई आतंकित बनाउने काम राम्रो हैन । होटलमा यौनकर्मी महिला मात्र बसेका हुदैनन् विभिन्न कामको शिलशिलामा टाढाबाट आएकाहरु छापा र अनुसन्धानको नाममा प्रहरीको गाडीमा बसेर कार्यलय पुग्न नपरोस् । यस विषयमा होटल व्यवसायी संघ समेतको प्रमुख कमजोरी देखिन्छ ।

-ब्लास्ट खबरबाट


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट