अनलाइनमा साइकल गरेका थिए अर्डर, आइपुग्यो माउसुली !

प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार

अनलाइनमा सामान अर्डर गरी घरसम्म पुग्ने हुँदा आजभोलि मानिसहरु त्यसतर्फ निकै आकर्षित भएका छन् । अझ विदेशतिर त अनलाइन अर्डरको चलन निकै छ । कहिले काही त हामीले अनलाइनमा एउटा सामान अर्डर गरेका हुन्छौ, तर उनीहरुले गल्तीवश अर्काे सामान घरमा पुर्याउने गर्दछन् ।

यस्तै घटना घटेको छ क्यालिफोर्नियामा । क्यालिफोर्नियाका एक जोडीले अनलाइनमा साइकल अर्डर गरेका थिए । तर जब उनीहरुका घरमा साइकलको पार्सल आयो त्यहाँ साइकल नभएर अर्के सामान राखिएको थियो ।

आफ्नी नातिनीलाई उपहार दिन साइकल अर्डर गरेका ती दम्पत्तीले पार्सल खोल्दा त्यो भित्र ठूलो माउसुली थियो । माउसुलीलाई देखेर ती दम्पत्ती निकै डराएका थिए । पार्सल प्याकेटमा निस्किएको उक्त माउसुली अहिले सामाजिक संजालमा भाइरल भएरहेको छ । कतिपयले त यसलाई अनलाइन शपिङ कम्पनीको लापरवाही भनेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट