यसकारण गाईलाई पत्नीको ब्रा लगाइदिए यी किसानले…

प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार

स्कटल्याण्ड । एक किसानले गाईलाई आफ्नी पत्नीको ब्रा लगाए भनेर सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो घटना सत्य हो । स्कटल्याण्डका यी किसानले गाईको बाच्छाले एकापट्टीको थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएपछि पत्नीको एउटा पुरानो ब्राको सहयोगमा यो समस्याबाट मुक्ति पाएका हुन् ।

गाईको बाच्छाले अगाडिको थुन मात्रै चुस्ने गर्दा पछाडिको थुनमा दूध गानिएर सुन्निने र संक्रमण हुने समस्या आयो । उनले थुप्रै दिनसम्म बाच्छालाई पछाडिको थुन चुसाउन प्रयास गरे तर असफल भए । अन्ततः स्कटिस हाइल्याण्डको स्टर रोसका ग्राहम बर्नेटलाई पत्नीले यो उपाय अपनाउन सुझाव दिइन् ।

उनले पत्नीको पुरानो ब्रा गाईलाई लगाइदिए अनि अगाडिको दुई ओटा थुन छोपिदिए । बर्नेट परिवारको यो उपायबारे उनीहरुका मित्र डोनाल्ड रोसले ट्विटरमार्फत जानकारी गराए । यो उपायबारे सामाजिक सञ्जालमा थुप्रै टिप्पणी पनि गरिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट