जसले बाँदरलाई दिइन् आफ्नो सबै सम्पत्ति

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

काठमाडौं, ७ जेठ । केही मानिसका जीवन क्रियाकलाप अचम्मको हुन्छ । भारतको उत्तरप्रदेशस्थित रायबरेली जिल्लामा बस्ने एक महिलाले आफ्नो नाममा रहेको सबै धनसम्पत्ति एक बाँदरको नाममा गरिदिएकी छिन् ।

रायबरेलीको शक्तिनगरमा बस्ने कवयित्री सबिस्ताले १३ वर्षअघि देखि एउटा बाँदर घरमा पाल्दै आएकी थिइन् । बाँदरको नाम चुनमुन होे । आफ्नो जीवनमा चुनमुन आएसँगै बदलिएको उनको भनाइ छ ।

बाँदरबाट उनी यतिधेरै खुसी भइन् कि आफ्नो सारा सम्पत्ति बाँदरलाई सुम्पिइन् । यो गत वर्षको कुरा हो । तर दुर्भाग्य गएको वर्ष चुनमुनको मृत्यु भयो ।

आफ्नो प्रिय बाँदर मरेसँगै सबिस्ता ठूलो पीडामा परिन् । मुस्लिम धर्म मान्ने सबिस्ताले त्यसपछि घरमा बाँदरको मन्दिर बनाएकी छन् । गत मंगलबार उक्त मन्दिरमा राम लक्ष्मण तथा बाँदरको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ ।

मुस्लिम भएर पनि आफ्नो बाँदरप्रेमका कारण घरमा मन्दिर बनाउने यी महिलाको लगाव साँच्चिकै उदाहरणीय छ ।

स्मरणरहोस्, प्रेम विवाह असफल भएपछि एक्लै रहेकी ती महिलाका कुनै सन्तान थिएनन् र उनले उक्त बाँदरलाई नै आफ्नो छोरा मानेर आफ्नो जायजेथा सबै उसकै नाममा गराइदिएकी थिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट