फेसबुकले किन हटायो दुई सय एप्स ?

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलवार

काठमाडौं, १ जेठ । फेसबुक प्रयोगकर्ताका डाटाहरु दुरुपयोग तथा चोरी गर्ने एपहरुमाथि कारबाही सुरु गरिसकेको छ । यसैअन्तर्गत फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय वटा एपलाई हटाएको छ ।

प्रयोगकर्ताका डाटा चोरी भएकोपछि विवादमा तानिएको फेसबुकले डाटा गोपनियताका लागि कडा कदम चाल्ने घोषणा गरेकोमा अनधिकृत एपहरुमाथि निलम्बन सुरु गरेको हो ।

फेसबुकले निलम्बन गरिएका एपहरुको नाम भने सार्वजनिक गरेको छैन । तर, ती एप बनाउने डेभलपरलाई फेसबुकले त्यसबारेमा जानकारी गराइसकोको छ ।

ती एपहरुले प्रयोगकर्ताका डाटा दुरुपयोग गरे नगरेको विषयमा अनुसन्धान गरिने र त्यतिन्जेलसम्मका लागि निलम्बन गरिएको फेसबुकले जनाएको हो । फेसबुकले अन्य हजारौँ एपहरुमाथि निगरानी गरिरहेको छ ।

गत मार्च २१ मा फेसबुक संस्थापक मार्क जुकरबर्गले एक घोषणा गर्दै सन् २०१४ अघि प्रयोगकर्ताका डाटामा पहुँच रहेका एपहरुमाथि अनुसन्धान गरिने घोषणा गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट