भैंसी सुन्दरीको प्रतियोगिता, मिठुमाया दंग !

प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार

इटहरी, ३० वैशाख । सुन्दा पनि अचम्म लाग्ने एउटा प्रतियोगिता नेपालमा भएको छ । त्यो हो भैंसी सुन्दरी प्रतियोगिता ।

नेपालको पहिलो भैंसी सुन्दरीको उपाधि हिरा नामको भैंसीलाई दिइएको छ  । इटहरीमा आयोजना गरिएको भैंसी सुन्दरी प्रतियोगिता ३८ जना भैंसीलाई उछिन्दै मिठूमाया कार्कीले पालन गरेको हिरा नाम गरेको भैसीले उपाधि पाएको हो । आफ्नो भैंसीले उत्कृष्टको पुरस्कार पाउँदा  मिठुमाया दंग छिन् ।

बातावरण तथा पर्याबरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको प्रतियोगितामा मिठूमायाको भैंसीका लागि  ११ हजार रुपियाँ नगद सहित निःशु्ल्क बिमाको अवसर दिइएको छ ।

भैसी पालक किसानहरुलाई प्रोसाहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नरबहादुर कार्कीले पालन गरेको चम्पा नामको भैसीललाई दोस्रो उपाधी सहित ९ हजार तथा तेस्रो हुने किसान बेधनिधी दाहालको काली नामकी भैसीलाई ५ हजार रुपियाँ पुरस्कार दिइयो ।

यस्तै किसान हरिप्रसाद नेपालको काली नाम गरेकै भैसीलाई ३५ सय रुपियाँ तथा पाँचौ हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामकै भेसीलाई २५ सय रुपियाँ नगद पुरस्कार दिइयो ।  प्रतियोगितामा बिजयी  सबै भैसीको आयोजनकले बीमाको अवसर समेत उपलब्ध गराएको छ ।

प्रतियोगितालाई राष्ट्रिय भैसी अनुसन्धान केन्दैका भैसी बैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले उत्कृष्ट भैंसीको छनोट गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट