यसरी भयो दुई बाघको विवाह

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

काठमाडौं, २८ वैशाख । भारतको दिल्लीस्थित चिडियाखानामा एक बंगाल टाइगर र ह्वाइट टाइगरको विवाह गरिएको छ ।

चडियाखानाकी निर्देशक रेणु सिंहले सो कुराको जानकारी दिँदै दुई दिन अघि उनीहरुलाई सँगै राखेर विवाह गराउन सकिने नसकिने भन्ने बारे निर्णय गरेको बताइन् ।

उनले भनिन्, ‘एक प्राइभेट घेराभित्र यी दुईलाई राखियो । हामी दुबैबीचको केमेस्ट्रि, एक अर्कासँग झगडा गर्छन् गर्दैनन् भन्ने हेर्न चाहन्थ्यौं । तर दुबैले एक अर्कालाई सुँघिरहेको देख्यौं । यी दुइको विवाह बुधबार गरियो ।’

इन्डियन एक्सप्रेसमा छापिएको एक रिपोर्ट अनुसार बाघ हेर्न चिडियाखाना पुगेकालाई जब उनीहरुको विवाह हुँदैछ भन्ने जानकारी भयो तब त्यहाँ मानिसहरुको भीड नै जम्मा भयो ।

करण नाम राखिएको भाले (रोयल बंगाल टाइगर) को उमेर पाँच वर्ष हो । पोथी ह्वाइट टाइगरको उमेर भने तीन वर्ष हो । सन् २०१५ मा जन्मिएकाले यसको नाम निर्भया राखिएको थियो । निर्भयाको जन्म विजय (जसलाई सन् २०१४ मा एक व्यक्तिले मारेका थिए) र कल्पनाबाट भएको थियो ।

निर्देशक रेणु सिंहका अनुसार यसअघि सन् १९९१ मा रोगल बंगाल टाइगर सुन्दर र ह्वाइट टाइगर शान्तीको विवाह गराइएको थियो ।

यदि बघिनी गर्भवती भए सेप्टेम्बरसम्म बच्चाको जन्म हुनेछ । मंगलबार ६ पटक र सोमबार ९ पटक दुबैले सम्बन्ध स्थापित गरेको निर्देशक रेणुले बताइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट