रगतदेखि बिरुवासम्म पाइन्छ सुन: सुनसँग जोडिएका रोचक तथ्य

प्रकाशित मिति: २० बैशाख २०७५, बिहीबार

काठमाडौं, २० वैशाख । सुन मानिसहरुको सबैभन्दा प्रिय धातु हो । इतिहासमा यसका लागि कयौं युद्ध भएका छन् । सुनले राजाको शान बढाउँछ भने महिलाको सुन्दरतालाई थप निखार्ने गर्दछ । सुनमा लक्ष्मीको बास मानिन्छ । यो एक पवित्र धातु हो । नेपालीको जीवनमा सुनको निकै महत्वपूर्ण भूमिका हुन्छ । सुनसँग जोडिएका १० रोचक तथ्यः

रगतदेखि बोट बिरुवासम्म पाइन्छ सुन

-सुन खानीका साथै अन्य थुप्रै स्थानमा पाइन्छ । उदाहरणको रुपमा मानिसको रगत भित्र । हाम्रो शरिरमा करिब ०.२ मिलिग्राम सुन हुन्छ । यसको धेरैजसो मात्रा रगतमा घोलिएको हुन्छ । यो यति धेरै कम छ कि एक तोला (१० ग्राम) सुनको गहना बनाउनका लागि ५० हजार मानिसको शरिरबाट सुन निकाल्नुपर्छ ।

-हुन त सुनको सबैभन्दा ठूलो भण्डार समुन्द्रमा हुन्छ । त्यहाँ १० टन अरब टन सुन लुकाइएको छ । तर त्यसलाई निकाल्न निकै खर्च लाग्ने भएकाले यो प्रोजेक्टको लागि काम गरिँदैन ।

-डग्लास फिर र हनिसकल जस्ता केही बोटबिरुवाले जमिनबाट सुन तान्ने क्षमता राखेका हुन्छ । तर यी बोटबिरुवालाई रोप्दा वा हेरबिचार गर्नमा जति खर्च गर्नुपर्छ त्यसको तुलनामा प्राप्त हुने सुनको मूल्य कम हुन्छ ।

-गिर गाईको पिसाबमा पनि सुन पाइन्छ ।

-सन् १५०० पछि संसारभरबाट पूरा दुनियाँमा भएको उत्खननमा केवल १ लाख टन सुन निकालिएको छ । यो सबै सुन ६० वर्गफुटको खाल्डोमा पुरिनेछ । यसमध्ये पनि करिब ४० प्रतिशत सुन केवल दक्षिण अफ्रिकाको विटवाटसेरेन्ड खानबाट निकालिएको हो । धर्ती भित्र सुनको मात्रा कम छ त्यसकारण यसलाई खोज्न निकै तिकडम गर्नुपर्छ ।

-अहिले संसारभरी सुन खानी उद्योगमा ५ लाख करिब मानिस काम गरिरहेका छन् तर वर्षभरी कुल २ हजार ५ सय टन सुन नै निकाल्न सकिन्छ । भूगर्भ शास्त्रीको अनुमान अनुसार अब धर्तीको गर्भमा २० वर्षको सुन बाँकी छ । त्यसपछि सुन खोज्न अझै मुश्किल हुनेछ ।

-सुन आफ्नो विशेष गुणका कारण पनि लोकप्रिय छ । यसमा तन्कने क्षमता अत्यधिक हुन्छ । १ ग्राम सुन (चामलको एक दाना बराबर) सुनलाई पिटेर यति पातलो बनाउन सकिन्छ कि यसले पूरा १ वर्गमिटरको एरिया ढाक्न सकिन्छ । सुन स्टेबल मेटल हो र चाँदी जस्तै रसायनको रियाक्सन हुँदैन ।

-सेन्ट्रल मेक्सिकोका एज्टेक मानिसहरु सुनलाई भगवानको दिसा भन्ने गर्दथे । उनीहरुका लागि सुनको महत्व प्वांखभन्दा पनि कम हुन्छ । प्वांखलाई उनीहरु करेन्सीको रुपमा प्रयोग गर्दथे । सजावटका लागि उनीहरु सुनभन्दा पनि पित्तललाई प्राथमिकता दिन्थे ।

-सुनको उपयोग उपचारमा पनि प्रयोग हुन्छ । सुन र्युमेटाइड आर्थराइटिसको इन्जेक्शनमा प्रयुक्त हुन्छ । डेन्टिस्ट पनि दाँत भर्नका लागि सुनको प्रयोग गर्ने गर्दछन् । हरेक वर्ष खानीबाट निकालिएका सुनको २ प्रतिशत हिस्सा डेन्टिस्टले प्रयोगमा ल्याउँछन् । यो करिब ६० टन सुन हुन्छ । इलेक्ट्रोनिक उपकरणमा पनि सुनको प्रयोग हुन्छ । इलेक्ट्रोनिक उपकरणको १ टन गोल्ड अयस्कको तुलनामा धेरै सुन भेटिन्छ ।

-संसारमा सुनको सबैभन्दा ठूलो भण्डार अमेरिकासँग छ । त्यसपछि जर्मनी दोस्रो नम्बरमा छ । आइएमएफ अर्थात् अन्तर्राष्ट्रिय मुद्रा कोष स्वर्ण भण्डारको मामलामा तेस्रो स्थानमा आउँछ । सुनको व्यक्तिगत खपतको हिसाबमा भारत पहिलो नम्बरमा छ ।

-शुद्ध सुन यति कोमल हुन्छ कि यसलाई हातले सजिलै मोड्न सकिन्छ । १ औन्स सुनलाई ८० किलोमिटरसम्म तानेर तारको रुपमा दिन सकिन्छ ।

-इसाभन्दा ३ हजार वर्ष पहिले दक्षिणी इराकमा सुमेरियन सभ्यता थियो । यो काललाई सुनको गहना पाइएका थिए जुन संसारको अहिलेसम्मको सबैभन्दा पुरानो स्वर्ण आभूषण हो ।

-सुनको शुद्धता क्यारेटमा मापन गरिन्छ । क्यारेट युनानी शब्द क्याराटियनबाट निकालिएको हो जसको अर्थ क्यारबको रुख । यसको हरेक बिउ एक समान तौलको हुने बताइन्छ । प्राचिन कालमा सुनको एक मोहर तौल क्यारबको २४ बिउ बराबर हुन्छ । २४ क्यारेटको अर्थ शत प्रतिशत शुद्ध सुन मानिन्छ । यद्यपी, वास्तवमा यो ९९ देखि ९९.९ प्रतिशतसम्म शुद्ध हुन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट