यस कारण गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसानहरु

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

अमेरिकी किसानहरुले गाईको आयु बढाउन र स्वास्थ्य जाँच गर्न सहज बनाउन गाईको पेटमा प्वाल पार्ने गर्दछन । सुरुमा सुन्दा अचम्म लाग्न सक्छ तर यी किसानहरुले पशुलाई दुख दिएको नभएर यो त नयाँ र अचम्मको प्रविधि पो मानिदै आएको रहेछ ।

पशुविज्ञ र वैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्री भागको जाँच गर्न कठिन हुने हुँदा यो प्रविधि अपनाएर सहज पर्न यस्तो गरिएको रहेछ । गाईको पेटमा यसरी प्वाल पारिसकेपछि एउटा प्लास्टिकको रिङले यसलाई बन्द गरिन्छ ।

यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरुले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रुपमै प्राप्त गर्न सक्छन् । यसले मुख्यगरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के कस्ता ब्याक्टेरियाहरु छन् भनेर पनि पत्ता लगाउन सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट