राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी, शपथ ग्रहण बुधबार

प्रकाशित मिति: २९ फाल्गुन २०७४, मंगलवार

काठमाडौं, २९ फागुन । राष्ट्रपति पदमा विद्यादेवी भण्डारी ३९ हजार २७५ मतभार प्राप्त गर्दै विजयी भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो ।

वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी कांग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् । उक्त निर्वाचनमा संघीय संसदतर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसदका ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ गराउने छन् । शपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट