रेडियोमा लाइभ कार्यक्रममा बोल्दा बोल्दै जन्मियो बच्चा

प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहीबार

वासिङ्टन । रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै एक महिलाले बच्चा जन्माएकी छन् । अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरलाई कार्यक्रम चलाउँदा चलाउँदै प्रसव पीडा सुरु भएको थियो ।

प्रसव पीडा सुरु भएपछि उनलाई तत्काल अस्पताल लगियो । उनको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो । अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो। रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो ।

कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएकी प्राक्टरको नवजात शिशुको नाम स्रोताहरुले जेमसन राखेका छन् । बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएको थियो । केही दिनका लागि सुत्केरी बिविदामा बसेकी प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा भएकी छन् ।

अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीसँग कुरा गर्दै प्राक्टरले रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माउनु आफनो लागि एक शानदार अनुभव भएको बताएकी छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट