संसारकै सबैभन्दा महंगो गुलाफ, मूल्य सुनेर उड्नेछ होश

प्रकाशित मिति: २६ माघ २०७४, शुक्रबार

भ्यालेन्टाइन नजिकिएसँगै बजारमा गुलाफको माग बढी रहेको छ । तपाई हामीले रातो गुलाफ, सेतो गुलाफको बारेमा त सुनेकै छौ तर के तपाईले जूलियट रोजको बारे सुन्नु भएको छ । आज हामी तपाईलाई संसारकै सबैभन्दा महंगो जूलियट रोजको बारेमा बताउँदै छौ ।

जूलियट रोज संसारकै सबैभन्दा महंगो गुलाफमा पर्छ । यो रोज किन्न धनीमानीले पनि सोच्नै पर्ने हुन्छ । किनकी यो रोजको मूल्य १० मिलियन पाउण्ड हो । निकै दुर्लभ मानिने यो रोज केही मात्रामा मात्र उम्रिने गर्दछ । २००६ मा यो रोजलाई १० मिलियन पाउण्ड यानी करिब १ अर्ब ४४ करोड मा बिक्री गरिएको थियो ।

डेविड अस्टिनका कारण चर्चित बनेको यो रोजको मूल्य अहिले केही घटेको छ । अहिले यो रोजलाई ४१ करोड ६० लाख मा किन्न सकिन्छ । केही मूल्य कम भए पनि यो रोज अहिले पनि संसारकै सबैभन्दा महंगो रोजमा पर्ने गर्दछ । यो रोजलाई ३ मिलियन पाउण्ड पनि भनिने गर्दछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट