ती कार मालिक्नी र अन्डा बेच्ने बुढा बा…

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार

चिसो मौसममा एका बिहानै सडक किनारामा अन्डा बेच्न बसिरहेका एक गरीब वृद्धमाथि मेरो नजर पर्यो, उनी बिरामी जस्तो देखिन्थे । त्यतिकैमा एकजना मेडम आफ्नो कारबाट ओर्लेर ती वृद्ध अन्डा बिक्रेतालाई सोधिन “तपार्इले अन्डा कसरी बेच्नु भएको छ र?” अन्डा बिक्रेता बुढा बाले जवाफ दिए रु ५ प्रति अन्डा मेडम !”

मेडमले बुढा बालाई भनिन ‘म रु २५ मा ६ वटा अन्डा लैजान्छु दिने हो ? नत्र म आफ्नो बाटो लाग्छु ।’ बिक्रेता बाले जवाफ दिए “आउनुस् मेडम तपार्इकै मूल्यमा लैजानुस्, यो मेरो राम्रो सुरुवात हुनसक्छ किनकी आज पनि मेरो अन्डा बिक्री हुन सकेन !”

ती मेडमले रु२५ मा ६ ओटा अन्डा लिएर आफ्नो महँगो कारमा त्यहाँबाट हुइकिइन् । बाटोमा जाँदै गर्दा उनलार्इ मनमनै लागिरहेको थियो कि मैले जिते १ त्यसपछि ती मेडम आफ्नो साथीहरुसंग एउटा ख्क्ष्ए रेस्टुरेन्टमा खाना खान पसिन । त्यहाँ उनी लगायत उनका सबै साथीहरुले आ-आफ्नो मनपर्ने खाना मगाएर खाए ।

उनीहरुले आधा खाना खाए र नमिठो रहेछ भन्दै आधा त्यत्तिकै छोडेर बिल मगाए, बिल थियो रु १४०० को । मेडमले रेस्टुरेन्ट मालिकलार्इ रु १५०० दिँदै चेन्ज राख्न (फिर्ता आउने एक सय रुपैयाँ तपाईं नै राख्नुस) भनिन र अर्को पटक आउँदा खाना अलि टेस्टी बनाउने सुझाव दिँदै बाटो लागिन ।

यो घटना ती मेडम र रेस्टुरेन्ट मालिकलार्इ सामान्य लाग्न सक्छ तर बाटोमा अन्डा बेचिरहेका ती वृद्ध ब्यक्तिको लागि निकै पीडादायी हो ।

आफूलार्इ आवश्यक पर्ने सामान किन्दा हामी सधै फुटपाथमा सामान बेच्दै गुजारा गरिरहेका गरीबहरुमाथि किन आफ्नो शक्ति प्रदर्शन गर्दछौ ? किन हामीलार्इ लाग्छ कि उनीहरु भन्दा हामी निकै बलिया छौ ?

त्यही तारे होटलहरु, ठूला मलहरु, डिस्को बारहरुमा किन सधै उदार बन्छौ, जसलार्इ उदारताको आवश्यकता नै छैन उनीहरुलाइ भन्दा जहाँ आवश्यक छ उनीहरुप्रति किन उदार बन्न सक्दैनौ हामी ? सोच बदल्नु जरुरी छ ।

प्रेरणा दाईको लेख सामाजिक संजालबाट
(मेट्रो दैनिकबाट साभांर)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट