दुई महिना अघि मरेका थिए भिक्षु, शव देखेर दंग परे सबै (तस्बिरसहित)

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

बैंकक । थाईल्याण्डमा एक मृत बौद्ध भिक्षुको गाडिएको शवलाई समाधीस्थलबाट बाहिर निकाल्दा त्यहाँ भएका सबै जना अचम्ममा परेका थिए । उनीहरुले दुई महिना अगाडि मृत्यु वरण गरेका भिक्षुलाई समाधीस्थलबाट बाहिर निकालेका थिए ।

दुई महिना अगाडि मरेका बौद्ध भिक्षुको शरीरमा खासै फरक परेको थिएन । प्रत्यक्षदर्शीका अनुसार लुआंग नाम गरेका ती मृत भिक्षुको अनुहारमा मुस्कान थियो । हेर्दा लाग्थ्यो कि उनी जीवित नै छन्, उनी खुशी र सन्तुष्टीका साथ निदाई रहेका छन् । ९२ वर्षको उमेरमा निधन भएका भिक्षुलाई उनले सेवा गर्ने मन्दिर परिसरमा नै गाडिएको थियो ।

दुई महिनापछि एक परम्परा र रिवाजका लागि उनको शव बाहिर निकालियो । थाईल्याण्डमा एक विशेष नियम छ जसअनुसार मृत भिक्षुको शवलाई समाधीस्थलबाट बाहिर निकालेर शव सफा गरी नयाँ लुगा लगाइन्छ र प्रार्थना गरिन्छ । शवलाई मन्दिरमा राखेर उनको मृत्यु भएको एकसय दिन पूरा नहुँन्जेलसम्म प्रार्थना गरिन्छ । एकसय दिन पूरा भएपछि मृतकको शवलाई सधैंका लागि गाडिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट