सिभिल बैंकका कर्मचारी पक्राउ

४० लाख हिनामिनाको आरोप

प्रकाशित मिति: २४ पुष २०७४, सोमबार

काठमाडौं, २४ पुस । सिभिल बैंकका एक कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैंकको बौद्ध शाखामा एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा गरेको खुलेको छ । उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ ।

सीआइबीले न्यूरोडस्थित कृषि विकास बैंकमा भएको पाँच करोड रुपैयाँ हिनामिनाको समेत अनुसन्धान गरिरहेको छ । जसमा नेपाली सेनाका जर्नेल समेत मुछिएका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट