उपत्यकासहित देशभर चिसो बढ्यो

प्रकाशित मिति: २२ पुष २०७४, शनिबार

काठमाडौं, २२ पुस । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।

आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस रहेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने बताइएको छ । मौसमविद् राजु प्रधानाङ्गले मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको जानकारी दिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट