रिपोर्टर नेपाल समाचार
काठमाडौं, २० पुस । नेपालको सात दिने औपचारिक सद्भावना भ्रमणका लागि मित्रराष्ट्र जाम्बियाका सेना प्रमुख जनरल पाँल माइहोवा बुधबार काठमाडौं आएका छन् । उनलाई सैनिक ईन्टेलिजेन्स महानिर्देशक जगदिशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
सात दिने नेपाल भ्रमणमा रहेका माइहोवाले आज टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुका साथै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता समेत गरेका थिए ।
जंगी अड्डामा भएको भेटवार्तामा दुवै पक्षबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । जंगी अड्डा परिसरमा उनको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।