सुर्खेतको पसलमा आगलागी, रु ४ करोड ३३ लाख बराबरको क्षति

प्रकाशित मिति: ८ पुष २०७४, शनिबार

सुर्खेत, ८ पुस । शुक्रबार विद्युतको तार शट भएर सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा भएको आगलागीमा ४ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राति पौने १० बजेदेखि सुरु भएको आगो बिहान साढे सात बजेसम्म पनि पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको प्रहरीले जनाएको छ । आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट