चेन्नईमा खुल्यो देशकै पहिलो रोबोट रेस्टुरेण्ट (तस्बिरसहित)

प्रकाशित मिति: ३ पुष २०७४, सोमबार

चेन्नई । हामीहरुले अहिलेसम्म विदेशमा रोबोट रेस्टुरेण्टका बारेमा विविध समाचारहरु पढेका छौ । हालै भारतको तमिलनाडुको राजधानी चेन्नईमा रोबोटले खाना पस्किने रेस्टुरेण्ट खुलेको छ । यहाँ कुनै वेटरले नभएर रोबोटले खाना पस्किने, अर्डर लिने गर्दछन् ।

देशकै पहिलो रोबोट थिममा बनाइएको यो रेस्टुरेण्ट वैंकटेस राजेन्द्रन र कार्तिक काननले संयुक्त रुपमा सुरु गरेका हुन् । यहाँका हरेक टेबलमा ट्याब लगाइएको छ, जसमा मानिसहरुले खानाको अर्डर लेख्न सक्छन् ।

यसरी लेखिएको खानाको अर्डर सिधैं भान्सामा जान्छ र खाना तयार गरिन्छ । अर्डर तयार भएपछि रोबोटले पाहुनाको टेबलसम्म खाना लगेर जाने गर्दछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट