अरुलाई सहयोग गर्न पाउँदा आनन्द आउँछ : मेघा चौधरी

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार

काठमाडौं, २४ मंसिर । नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी अहिले धेरै नेपालीको मन जित्न सफल भएकी छन् । सानैदेखी समाजसेवामा सक्रिय मेघा कोमल मनको धनी छिन् भन्दा फरक नपर्ला ।

यसको उदाहरण हो वीर अस्पतालमा बेवाारिसे बनेर मृत्युसँग संघर्ष गरिरहेका व्यक्तिको उद्धार गरेर नयाँ जीवन दिएकी छन् । मृत्युसँग संघर्ष गरी रहेका ति व्यक्तिको पीडादायी फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी शाक्यले उक्त वृद्धलाई उपचार गर्ने प्रण गर्दै नर्भिक अस्पतालबाट एम्बुलेन्स पठाएर उक्त वृद्धको उद्धार गरी उपचार गराइन् । उक्त वृद्धलाई तत्काल उद्धार गरेर उपचार गरिन् मेघाले ।

अहिले उक्त व्यक्ति स्वस्थय हुँदै गएका छन् । मेघाको सहयोगले नयाँ जीवन पाएकोमा ती वृद्धा खुशी व्यक्त गर्छन् भने मेघा पनि नयाँ जीवन दिन पाएकोमा खुशी छन् । सानैदेखि नै सामाजिक काममा सक्रिय मेघा अरुको पीडामा सहयोगी बन्न पाउँदा खुशी लाग्ने बताउँछिन् । उनी पूर्ण रुपमा स्वस्थ भएपछि परिवार पत्ता नलागे उनलाई वृद्धाश्रममा राख्ने व्यवस्था गर्ने मेघला बताउँछिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट