दार्चुलामा गयो ५.७ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहीबार

दार्चुला, २१ मंसिर । बुधबार राति करिब ९ बजेर ५ मिनेटमा जाँदा दार्चुला जिल्ला सदरमुकाम भन्दा १८० किलोमिटर टाढा भारतको उत्तराखन्ड केन्द्रबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार दार्चुलासहित प्रदेश नम्बर ७ का बैतडी, डडेलधुरा लगायतका जिल्लाहरु र भारतको उत्तराखण्ड प्रदेश लगायत विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पबाट कुनै भौतिक तथा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट