रहरले आँखामा बनाइन् ट्याटु, अब निकाल्नु पर्यो आँखा

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

मानिसहरुले आफ्नो शरीरमा ट्याटु बनाउँछन् तर क्यानडामा बस्ने एक मोडलले आफूलाई छुट्टै देखाउनका लागि आँखामा ट्याटु बनाएकी छन् । कैट गलिंगर नाम गरेकी २४ वर्षीया मोडलले केही महिना पहिले आँखामा ट्याटु बनाएकी थिइन् । उनले आँखाको सेतो भागलाई बैजनी रङ बनाएकी थिइन् ।

सबैलाई अचम्म पार्न आफ्नो आँखाको सेतो रङ नै परिवर्तन गरी बैजनी बनाएकी कैटलाई यसो गर्नु निकै हानीकारक साबित भएको छ । आँखाको सेतो भाग परिवर्तन गर्न उनले आँखामा इंक भराएकी थिइन् तर, ट्याटु बनाउने कलाकारले गल्ती गरेर रङ भर्न गडबडी गर्यो ।

जसका कारण कैटले आँखामा भराएको इंक नै आँखाबाट आँशु जस्तै निस्किन लाग्यो । ट्याटु बनाए पछि कैटले राम्ररी आँखा देख्न पनि छोडिन् । डाक्टरहरुका अनुसार आँखामा ट्याटु बनाएकी कैटका आँखा सधैँका लागि खराब भएका छन् । उनको आँखा निकाल्नु पर्ने उपचारमा संलग्न डाक्टर बताउँछन् । आफूले आँखामा ट्याटु बनाउनु ठूलो गल्ती भएको कैट सुनाउँछिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट