अफ्रिकन महिलाका लागि आमा बन्नु अभिशाप, हरेक वर्ष २ लाख बढी महिलाको मृत्यु (तस्बिरसहित)

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

हरेक महिलाका लागि आमा बन्नुको अनुभव केही खास हुन्छ । आमा बनेपछि महिलाले आफू पूर्ण भएको महशसु गर्दछन् । तर संसारमा कतिपय यस्ता देशहरु छन् जहाँ आमा बन्नु महिलाका लागि सौभाग्य नभएर अभिशाप मानिन्छ । यस्ता देशहरुमा पर्छ अफ्रिका । तथ्यांकका अनुासार हरेक वर्ष अफ्रिकाका पिछडिएका इलाकाहरुमध्ये इथियोपिया, मलावी, युगांडा र डेमोक्रेटिक रिपब्लिक अफ कंगोका करिब २ लाखभन्दा बढी महिलाहरुको गर्भवती भएका कारण तथा डेलिभरीका कारण मृत्यु हुने गर्दछ ।

सोसल डक्युमेन्ट्री फोटोग्राफर पोलो पैट्रनो आफै करिब ६ महिनासम्म मलावीको गाउँमा बसेर त्यहाँका महिलाहरुको दर्दनाक जीवनशैलीलाई हेरेर आएका छन् । त्यहाँ बस्दा पोलोले त्यहाँका सरकारी र नीजि अस्पतालहरुको भ्रमण गरेका थिए । पोलोका अनुसार अस्पतालमा सेवा सुविधाका अभावमा त्यहाँका महिलाहरु मृत्युको नजिक पुगीरहेका पाए । पोलोले त्यहाँका गाउँमा रहेका म्याटरनीटी वार्डहरुमा गएर महिलाहरुको फोटो खिचेका थिए ।

सुरुमा उनलाई महिलाको सुत्केरी गराउने वार्डमा जान निकै समस्या पर्यो तर जब उनले आफ्नो प्रोजेक्टको बारे खुलस्त पारेपछि मात्र महिलाहरुले ती क्षणहरुको फोटो खिच्न अनुमति दिए । फोटो लिनका लागि पोलो घण्टौसम्म मैटरनीटि वार्डमा कुरेर बस्थे । पोलोले यी फोटोहरुलाई बर्थ ईज अ ड्रीमको नामक प्रोजेक्टमा समावेश गरेका छन् ।

पोलोले सामाजिक संजालमा यी फोटो सार्वजनिक गर्ने बित्तिकै कतिपय अन्तर्राष्ट्रिय संस्थाहरुले यसबारे चासो पनि दिएका थिए । पोलोका अनुसार अफ्रिकाका अझै थुप्रै गाउँहरुमा यस्ता पीडाले भरिएका महिलाहरु छन्, जो गाउँबाट बाहिर आउन सकेका छैनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट