दुई प्रहरी जवानमाथि अज्ञात समूहद्वारा गोली प्रहार

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

सिरहा, १० मंसिर । अज्ञात समूहले सिरहाको कल्यणपुर नगरपालिका-५ निर्दनामा कार्यरत दुई प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरमाथि गोली प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालले प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जानकारी दिएका छन् । प्रहरीका अनुसार रातो रंगको मोटरसाइकलमा चढेका दुई व्यक्तिले प्रहरी जवान यादव र कुँवरमाथि गोली प्रहार गरी फरार भएका थिए । गोली प्रहार गरी फरार भएका उनीहरुको प्रहरीले खोजी गरिरहेको छ । कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगिएका प्रहरीद्वयमध्ये पेटमा गोली लागेका प्रहरी जवान यादवको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट