मुखमा ४ सय ५९ स्ट्र राखेर विश्व रेकर्ड बनाए मनोजले

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

नयाँ दिल्ली । भारतको उडिसामा बस्ने एक युवकले अनौठो कार्य गर्दै विश्व रेकर्ड बनाएका छन् । २३ वर्षीय मनोजकुमार महाराणाले आफ्नो मुखमा ४ सय ५९ स्ट्र राखेर गिनिज बुकमा आफ्नो नाम दर्ता गराएका हुन् ।

विगत आठ वर्षदेखि उक्त रेकर्डलाई कसैले तोड्न सकेका थिएनन् । मनोज भन्दा पहिले जर्मनीका सिमोन एलमोरेले यो रेकर्ड बनाएक थिए । उनले चारसय स्ट्र आफ्नो मुखमा राख्दै विश्व रेकर्ड बनाएका थिए । मनोजले ४ सय ५९ वटा स्ट्र नखसाइकन करिब १० सेकेण्डसम्म आफ्नो मुखमा राखेका थिए । मनोजले सिमोनको रेकर्ड तोड्दै ४ सय ५९ स्ट्र आफ्नो मुखमा राखेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट