चमेरुलाई खान अजिंगरको हरसम्भव प्रयास

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

मेलबर्न । सामाजिक संजालमा अहिले मानिसदेखि जनावरहरु सबैको झगडा गरेको भिडियोहरु भाइरल हुने गर्दछन् । इन्टरनेटमा आजभोलि अजिंगर र चमेरुबीच भएको झगडा निकै भाइरल बनेको छ ।

रुखमा बेरिएको अजिंगरले त्यही रुखमा भएको चमेरुलाई खान प्रयास गर्छ, उसलाई मार्न हरसम्भव प्रयास गर्छ तर, सक्दैन् । अस्ट्रेलियाको ब्रिस्बेन सहरस्थित एक रुखमा चमेरु र अजिंगरबीचको संघर्षलाई टोनी मरिसनले भिडियो बनाएर आफ्नो फेसबुकमा सेयर गरेका छन् ।

करिब आधा घण्टाभन्दा बढी बेरसम्म अजिंगरले चमेरुलाई खान प्रयास गर्यो तर अन्तमा असफल भएर अजिंगरले हार मान्दै चमेरुलाई रुखबाट तल जमिनमा फाल्यो । टोनीले बनाएको उक्त भिडियोलाई हजारौं मानिसहरुले मन पराएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट