हरेक दिन रक्सी पिउने राँगा, मूल्य २१ करोड भारु

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

चण्डीगढ । भारतमा गाई जस्तै भैँसीहरुको नी हेरचाह गरिन्छ । भारतको हरियाणामा रहेको एक राँगा आजभोली सामाजिक संजालमा निकै भाईरल भएको छ । २१ करोड भारु मूल्यको उक्त राँगा हरेक दिन रक्सी पिउने गर्दछ ।

सुल्तान नाम राखिएको उक्त राँगाको मालिकका अनुसार राँगालाई रक्सी पिउन निकै मनपर्छ । आठ वर्षको उक्त राँगाको लम्बाई ६ फिट छ भने तौल एक टनभन्दा बढी छ । भारतमा सबैभन्दा महंगा राँगामा सुल्तानको नाम आउने गर्दछ । बजारमा यसको मूल्य २१ करोड भारु तोकिएको छ । शुक्राणु बेचेर सुल्तानका मालिकले वर्षको एक करोड भारु कमाउँने गर्दछन् । हरेक दिन रक्सी पिउने बानीले उनका मालिकलाई कुनै समस्या छैन ।

सुल्तानले कमाउने पैसाबाट नै उसका सबै ईच्छाहरु पूर्ती हुने गर्दछन् । सुल्तानको बारेमा सुनेर त्यहाँका मानिसहरु दंग पर्दछन् । राँगाले रक्सी खाने कुरा सुनेर टाढाबाट उसलाई हेर्न मानिसहरु समेत आउने गरेको सुल्तानका मालिक बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट