११ वर्षदेखि राक्षस जस्तै देखिन्थे कम्बोउ (तस्बिरसहित)

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

पश्चिमी अफ्रिकामा बस्ने कम्बोउ साई को कथा चलचित्रको जस्तै छ । ११ वर्षको उमेरदेखि नै कम्बोउको अनुहारमा क्यान्सर ट्युमर भएको थियो । जसका कारण उसको पूरै अनुहार बिग्रीएको थियो । मानिसहरुले कम्बोउलाई राक्षस भन्ने गर्दथे । केही मानिसहरु भन्थे सायद कम्बोउले केही गलत कुरा खायो होला त्यही भएर उसको अनुहार राक्षस जस्तै भयो ।

उमेर बढेसँगै कम्बोउको अनुहारको ट्युमर पनि बढ्दै गयो । बढ्दो ट्मुरका कारण कम्बोउले श्वास फेर्नसमेत समस्या हुन थाल्यो । छोराको बिग्रदो रुप देखेर आमाले समेत छोरालाई हेरचाह गर्न छोडिन् । मानिसहरु उनीदेखि डराएर टाढा भाग्ने गर्दथे । आमाले छोडेर गए पनि कम्बोउका पिताले उनको हेरचाह गरे । मानिसहरुले कम्बोउलाई प्रोस्परका नामले पनि चिन्ने गर्दथे ।

गरिबीका कारण कम्बोउका पिताले छोराको उपचार गर्न सकेका थिएनन् तर, उनले हार नमानी आफ्नो छोराको उपचारका लागि पैसा जुटाउन चन्दा माग्न सुरु गरे । चर्चले कम्बोउको उपचारका लागि च्यारिटी गर्यो । ६ वर्षको अन्तरालपछि च्यारिटीबाट उठेको रकमले कम्बोउको किमोथेरापी सुरु भयो । कम्बोउको उपचारमा संलग्न डाक्टरहरुले गरेको जाँचमा कम्बोउलाई भएको ट्युमर रोग चाँडै फैलिने र उपचार नभएको खण्डमा मानिसको मृत्यु हुने तथ्य पत्ता लगाए ।

कम्बोउको अवस्था अलि फरक थियो । अन्यको तुलनामा कम्बोउको ट्युमर ढिलो बढेको थियो, त्यही भएर उनी अहिलेसम्म जीवित थिए । अहिले कम्बोउको उपचार चलीरहेको छ । उनको अवस्था पहिलेको भन्दा सुध्रेको छ भने उनका ढाकिएका आँखा खुल्न थालेका छन् । कम्बोउकी आमाले अहिले छोरासँग माफी मागेकी छन् । डाक्टरहरुका अनुसार चाँडै कम्बोउको कस्मेटिक सर्जरी गरेर उनको अनुहार ठीक पारिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट