युवा राजनीति र सार्थक विकासका मानक महेश

विकास, समृद्धि र जुझारु क्रियाशीलता भएका युवा नेता महेश बस्नेत नवीन सोचाइ र दृढ इच्छाशक्तिका लागि पनि मानक नै हुन्

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

भक्तपुर । देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित भएर नेपाली राजनीतिमा उदाएका महेश बस्नेत नेपाली राजनीतिका मानक मानिन्छन् । भक्तपुरमा कमजोर रहेको पार्टी संगठन र नेपाली कांग्रेसको दबदबाबीच भक्तपुरको गुण्डु गाविसका अध्यक्ष बनेका बस्नेत त्यसपछि निरन्तर राजनीतिक सर्घषमा सक्रिय रहेका छन् ।

राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणका साथै विकासमा उनको जागरुकता र जुझारुपन भक्तपुरका लागि मात्र होइन् देशकै लागि एउटा नमुना बनाउन बस्नेतको मिहेनत उदाहरणीय मानिन्छ । विकासको ‘नमुना गाविस’ बनाएर विश्वविद्यालयका विद्यार्थीहरुको विकास अध्ययन गर्ने थलोको रुपमा आफ्नो गाविसलाई रुपान्तरण गर्न सफल बस्नेतको कार्यशैली र व्यवहार जनप्रिय रहेको छ ।

गाउँविकास समितिको अध्यक्ष बनेको दुई वर्षमा उत्कृष्ट गाविस अध्यक्ष पुस्कार पाएका बस्नेतले कम बजेटमा उत्कृष्ट कार्यगर्ने जनप्रतिनिधिका मानक समेत हुन् । उनी भन्छन ‘स्थानीय स्रोत साधन परिचालन गर्ने र कम स्रोत साधनमा धेरै काम गर्ने गाविस अध्यक्षका रुपमा मेरो पहिचान बन्यो,’ उनले भने, ‘१३ लाखमा योजना बनेको पुल हामीले ६ लाखमै बनायौं । ८ लाखको स्टमेट गरिएको हेल्थपोष्ट भवन हामीले ५ लाखमा बनायौं ।

महेशकै कार्यकालमा गुन्डुले विकासमा काचुली फे¥यो । गाउँमा पिचबाटो, टेलिफोन, विद्युतलगातयका सुविधाहरु पु¥याउन उनको भूमिका गाविसमा स्थापित छ । काठमाडौं विश्वविद्यालय डेभलपमेण्ट शिक्षा एजुकेशन डिप्लोका विद्यार्थी, महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थी र सिटीइभिटीका तालिमहरुमा गुन्डु क्षेत्रको विकास विद्यार्थीहरुका लागि अध्ययन केन्द्र बन्यो ।

गुन्डुका प्रिय महेश
भक्तपुरको गुन्डु गाविसमा २०३१ सालमा बुवा पूर्णबहादुर बस्नेत र आमा ईश्वरी बस्नेतको जेठो सन्तानका रुपमा महेशको जन्म भएको हो । हालको सूर्यविनायक नगरपालिका वडा नं. ७ मा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका महेशका बुवा भक्तपुर औधोगिक क्षेत्रमा जागिरे थिए ।

बाल्यकालदेखि नै समाजमा हुने थिचोमिचो र अन्यायका विषयमा चिन्तित रहने बस्नेत न्याय र समानताका पक्षधर थिए । ‘सानैदेखि सत्यको पक्ष रहेर सोच्ने बानी थियो मेरो,’ उनी सम्झन्छन्, ‘त्यसैले कहिलेकाही घरमा पनि विवाद हुन्थ्यो । उनी घरपरिवारकै विरुद्धमा पनि कतिपय समय अर्कोको पक्षमा उभिन्थे ।’ उनको यस्तो स्वभावले परिवारमा विवाद निम्तिए पनि उनी समाजका लागि भने प्रिय बनिरहेका हुन्थे ।

‘त्यतिबेला राजनीतिप्रति मेरो खासै आकर्षण थिएन्,’ उनी थप्छन्, ‘समाजसेवाले भने मलाई आनन्द मिल्थ्यो ।

महेश आफ्नो प्रेरणाको स्रोत परिवारलाई नै मान्छन् । बुवाको हौसला दिने, सेल्फ डिसिजन गर्न प्रोत्साहन दिने बुवाको शैली उनलाई सबैभन्दा मन पर्छ । उनी बुवाका एक्ला छोरा हुन् भने दुई जना दिदीबहिनी छन् । २०५३ सालमा उनले अम्बिका बस्नेतसँग मागी विवाह गरेका हुन् । अहिले एक छोरा र एक छोरी छन् ।

बेथितीविरुद्ध बस्नेत
२०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले जितेपछि गाविसमा बेथितीहरु देखिन थाले । यिनै बेथितीहरुका कारण महेश कोर राजनीतितर्फ आकर्षित भएका हुन् । म कांग्रेस बन्नुपर्छ भनेर ल कलेज गएको थिए । जब ल कलेज गए, कांग्रेसका साथीहरुले हाम्रो दिमागमा जे पार्नुभएको थियो कांग्रेस र नेविसंघप्रति वितृष्णा जागृत भयो, म अखिलप्रति आकर्षित भए । यही कारणले उनलाई कम्युनिष्ट बनायो ।

महेश अखिलको राजनीतिमा त उति सक्रिय भएनन् । सुरुवातीदेखि नै गाउँको कोर राजनीतिमा सरिक हुन थाले । उनी वडा कमिटीको सदस्य, वडा कमिटी उपसचिव, सचिव, गाउँ कमिटीको उपसचिव सचिव, इलाका कमिटीको सदस्य, उपसचिव, सचिव जिल्ला कमिटीको सदस्य भए ।

त्यसपछि उनको राजनीति युवासंघतर्फ मोडियो । उनी युवा संघको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला अध्यक्ष भए । केन्द्रीय कमिटीको सदस्य भएपछि उनी ०६३ मा अर्को कार्यकाल युवा संघको केन्द्रीय कोषाध्यक्ष चुनिए । वाइसिएल आतंक रहेको बेलामा उनी युथ फोर्स प्रमुख भए । त्यसपछि महेशले सर्वत्र चर्चा बटुल्न सफल भए । उनी ०६७ सालमा युवा संघको केन्द्रीय अध्यक्ष समेत चुनिए ।

०७० मा भक्तपुर क्षेत्र नं. २ मा संविधानसभा सदस्यको चुनाव लडे तर थोरै मतान्तरमा पराजित भए । उनी भक्तपुरमा आफू पराजित हुनुको कारण केन्द्रीय राजनीतिमा ब्यस्त हुनुलाई मान्छन् । ‘२०६३ सालमा युवा संघको केन्द्रीय कोषाध्यक्ष चुनिएपछि म राष्ट्रिय राजनीतिमा निकै ब्यस्त भए,’ उनले सुनाए, ‘एक किसिमले जिल्लासँगको सम्पर्क नै टुटेजस्तै भयो । नसोचेको बन्द, झडप र नसोचेका ठाउँमा कफ्र्य जस्ता भए । निकै ब्यस्त भए ।’ उनी नेकपा एमालेको नवांै महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन कस्सिए, जसका कारण आफू भने केन्द्रीय समिति सदस्यमा पराजित हुन पुगे ।

सिंहदरबारमा बस्नेतको उदय
२०७१ सालको भदौमा उनी सुशील कोइरालाको क्याबिनेटमा उधोगमन्त्री भए । कम उमेरमा गाविस अध्यक्ष भएर चर्चा त उनले कान्छा मन्त्रीका रुपमा सिंहदरबार छिर्ने मौका पाए । मन्त्री पद पनि उनका लागि सप्रराइज नै थियो । पार्टीकै सहकर्मी कर्ण थापालाई फिर्ता बोलाएर महेशलाई पठाइएको थियो । त्यसैले उनलाई थापाकै कार्यकालमा भइरहेका कामलाई निरन्तरता दिनुपर्ने परिस्थिति एकातिर थियो भने अर्कोतिर बजेट आइसकेकाले केही नयाँ गर्नका लागि त्यही बजेटमा सिर्जनशीलता खोज्नुपथ्र्यो । उनले त्यही गरे ।

त्यही युवा सिर्जनाशीलताको परिणाम नै मान्नुपर्छ, महेश मन्त्री रहेको एक वर्षको अवधिलाई अहिले पनि उद्योगी ब्यवसायी र कर्मचारीले राम्रो कार्यकालका रुपमा लिन्छन् । औद्योगिक ऐन, विदेशी लगानी नीति, स्वदेशी वस्तु उपयोग निर्देशिका, एक प्रदेशमा एक ठूलो औधोगिक केन्द्र, प्रत्येक जिल्लामा सानो औधोगिक क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रमा औधोगिक ग्रामको कन्सेप्ट, जीर्ण रहेका उधोग पुन सञ्चालन, औधोगिक जनशक्ति निर्माणका अभियान मार्फत प्रत्येक निर्वाचन क्षेत्रबाट २/२ सय युवा तयारी पार्ने कुराले महेशलाई अब्बल उद्योगमन्त्रीका रुपमा स्थापित गरायो ।

यतिमात्र होइन्, कतिपय मन्त्रीपरिषद्का निर्णयविरुद्ध पनि उनी फरक धारमा उभिए । जस्तो, माओवादी लडाकूलाई ४ अर्ब एक्स्टा दिने, ५ हजार पुलिसको दरबन्दी थप्ने निर्णयको उनले विरोध गरे । उनले त्यसको सट्टा औधोगिक र इन्जिनियर जनशक्ति निर्माण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने मत राखे । केही उद्योगीहरु भने उनीहरुका गलत कर्ममा साथ नदिएपछि महेशसँग रिसाए पनि ।

उद्योगमन्त्रीका रुपमा उनले फष्ट डिभिजन नै ल्याए । तत्कालीन अर्थमन्त्री रामशरण महतसँग तालमेल नभएको र असहयोग गरेका कारण उनी डिस्ट्रिङसन ल्याउनबाट भने चुके । ‘त्यो कार्यकालमा सफलै भएजस्तै लाग्छ । प्रधानमन्त्री र अर्थमन्त्री अनुकूल नहुँदा काम गर्न धेरैं गाह्रो हुने रहेछ,’ उनले अनुभव साटे, ‘अर्थमन्त्री र प्रधानमन्त्री अनुकूल हुने हो भने धेरै काम गर्न सकिन्छ ।’ उनी प्रधानमन्त्री कहाँ नयाँ—नयाँ कुरा लिएर जाने, प्रधानमन्त्री सुन्नै नरुचाउने ।

भक्तपुर समृद्धिका महेश सपना
उनी भक्तपुरका लागि केही छुट्टै र नौला विकासका काम गर्न चाहन्थे । तर, उनी परे उद्योगमन्त्री । जनताको समस्या बाटो, खानेपानी, ढललगायतका थिए । मन्त्रालय उद्योग तर जनताको माग यस्तो । अब के गर्ने ? उनले नयाँ उपायहरु अवलम्ब गरे । ‘मैले यी काम अरु उपायबाट गरे । ४७ वटा सडक निर्माण भए । नियमीत बजेटलाई वृद्धि गर्ने पनि सफल भयौं । हनुमन्ते करिडोर, विष्णुमती—बागमती करिडोर बजेट पार्न सफल भयौं,’ उनले मन्त्री हुँदा पनि भक्तपुरको समृद्धिका लागि आफ्नो पहलबारे भने ।

उनी मन्त्री हुँदा भक्तपुरमा ९ करोड जति बजेट आउथ्यो, अहिले त्यो वृद्धि भएर २० करोड आउने स्थिति बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत उनकै पहलमा २० गुणा बढी बजेट भक्तपुरमा जाने भएको छ । चारवटा सेटेलाइट सिटीमध्ये दुई वटा भक्तपुरमै पार्न पनि उनकै पहलमा सम्भव भयो । सूर्य विनायकमा प्राणी उद्यान केन्द्र स्थापना गर्ने, जावलाखेलको जु ल्याउने, मोहना पोखरीमा ३ अर्बको बजेट पार्ने सम्मका काममा पनि महेशले आफ्नो अग्रसरता देखाए । जसलाई अहिले पनि भक्तपुरका बासिन्दाले वाहवाही गरिरहेका छन् ।

मेलम्चीलाई पहिलो चरणमा पार्ने, ७ करोड लिटरको पानी टं्याकी निर्माणका लागि काम अगाडि बढाउने, वीर हस्पिटल सारेपछि भक्तपुर ल्याउने, पाँच वटा पुल बनाउने, भक्तपुरलाई सांस्कृतिक नगर बनाउने, मन्दिरहरुको पुनर्निर्माणका लागि करोड रुपैयाँ बिनियोजन गर्ने काममा पनि यी युवा नेताले प्रशस्त मेहनेत गरे । ‘यी सबै कामहरुमा मोटामोटी ४ अर्ब रुपैयाँ ल्याउन सफल भइएको छ,’ उनी भन्छन्, ‘मैले चुनाव जिते भने भक्तपुरलाई नमुना सांस्कृतिक नगरीमा ढाल्ने थुप्रै योजनाहरु मसँग छन् ।’

राष्ट्र निर्माणको महेश योजना
महेशको छवि राष्ट्रिय नेताका रुपमा निर्माण भइसकेको छ । त्यसैले उनी भक्तपुरसँगै मुलुक बनाउने सपना पनि देखिरहेका छन् । दिगो विकास र समृद्धिका लागि काम गर्ने जनशक्ति, कर्मचारी र राजनीतिज्ञ एकत्रित गरेर विकासमा छलाङ मार्न सकिने ठान्छन्, उनी । विकासमा छलाङ मार्नका लागि केपी ओलीजस्तो स्वप्नद्रष्टा राजनीतिज्ञ नेतृत्वमा इमान्दार र कर्तब्यनिष्ट भएर जनताको सेवा गर्ने कर्मचारी, राज्यका स्रोत साधनहरुको भरपूर प्रयोग, राजस्वमा चुहावट र तस्करीको अन्त्य, टेक्नोलोजीमा आधारित डिजिटल सिष्टम नेपालको समृद्धिका लागि आवश्यक रहेको उनको भनाइ छ ।

‘अब मुलुकलाई डिजिटलाइज्ड नगरी काम नै छैन्,’ उनी भन्छन्, ‘यसले समयको बचावट गर्नुका साथै घुसखोरी र भ्रष्टाचारलाई नियन्त्रण गर्न ठूलो मद्धत पुग्छ ।’ महेशकाअनुसार अहिले नेपालमा विकासका लागि स्रोतको अभाव भन्दा पनि गर्न सक्ने क्षमता, योजना र व्यवस्थापनको अभाव मुख्य समस्या छ । त्यसका लागि विभिन्न विकास मोडलहरुमा काम गर्नुपर्नेमा उनी जोड दिन्छन् । डा. भाइकाजी तिवारीको शैलीका उनी प्रशसंक हुन् । ‘अनेक खालका प्रविधिमा पहलकदमीको अभाव छ । कर्मचारी विवादमा किन आउने जागिर पकाउने शैली छ,’ उनी भन्छन्, ‘नेताहरु म्ेलोमेसो नै पाउँदैनन्, त्यसैले नेपालमा विकास निर्माणमा वर्षोसम्म कामै हुँदैन् ।’ त्यसैले उनी जबरजस्त शैलीमा विकासका कामहरुलाई गति दिने भाइकाजी शैली प्रशसंक भएका हुन् ।

जलविद्युत, पर्यटन कृषि आकर्षण भन्ने तर खोलाहरु ओगटेर राख्ने प्रवृतिले पनि विकासमा अवरोध सिर्जना गरिरहेको दाबी गर्छन् उनी । ‘अधिकार खोज्ने कर्तब्य ननिभाउने र अनुशासनमा नबस्ने समस्या छ,’ उनी थप्छन्, ‘त्यसले पनि डेभलपमेण्ट कल्चर निर्माणमा असर गरिरहेको छ ।’ महेशको दृढता छ आधनुकि प्रविधि अपनाएर सिष्टम सुधार गर्दै लाने हो नेपाललाई १० वर्षभित्र जापान, सिंगापुर होइन्, थाइल्याण्ड र दिल्लीको लेभलमा सजिलै पु¥याउन सकिन्छ ।

पार्टी अध्यक्ष ‘सप्रराइज’
युवासंघको अध्यक्ष हुँदा महेशले भावि अध्यक्ष र भावि प्रधानमन्त्री केपी ओलीलाई बनाउनुपर्छ, नबनाइए एमालेमा न्याय मर्छ भन्ने धारणा राखे । यतिमात्र होइन्, उनले एमालेमा ओलीका समकालीन नेता माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेकाले ओलीले त्यो अवसर पाउनुपर्ने भन्दै अभियान नै चलाए । ‘उहाँ त्यतिबेला साह्रै अस्वस्थ पनि हुनुभयो, यति हुँदा पनि मैले स्ट्रेचरमै बोकेर भएपनि केपी ओली अध्यक्ष हो भन्ने ढंगले अभियानमा लागे, त्यसमा सफलता प्राप्त भयो,’ उनले भने ।

यो अभियानले नवौं महाधिवेशनमा सफलता हासिल ग¥यो, केपी ओली एमालेको अध्यक्ष निर्वाचित भए । तर, सेनापतिको विजय हुँदा सेनाका जवानहरु चाहिँ विरगति प्राप्त गर्नुपरेको जस्तो स्थिति बन्यो, महेश बस्नेत स्वयम् केन्द्रीय कमिटीको सदस्यमा पराजित भए । केही समयअघि भक्तपुर—२ नं.मा उनले संविधानसभाको दोस्रो निर्वाचनमा पनि हार व्यहोरेका थिए ।

यो दुई वटा हारले अध्यक्ष केपी ओलीलाई केही फरक अनुभूति भएको छ । उनले ०७१ को साउन तिरको एकदिन महेशलाई आफ्नो निवासमा बोलाएर अभिमन्युको कथा सुनाए । ओलीले भने ‘राजनीतिमा हारजित हुन्छ, धन्दा मान्नुपर्दैन् मैले विचार गर्छु, मैले अभिमन्यु जसरी यो दियो निभ्न दिन्न ।’ महेशले ओलीले के भन्न खोजेका हुन खुट्याउन सकेनन् । तर, दुई वटा चुनाव हारेका कारण आफूलाई निराश भएका ठानेर अध्यक्षले उत्साह भरेको अर्थमा लिए ।

त्यो त ओलीले मन्त्री बनाउने संकेत दिएका रहेछन् । भोलिपल्ट बल्ल उनलाई थाहा भयो, जब उनी उद्योगमन्त्रीका रुपमा नियुक्त भएका थिए । ‘म अध्यक्षले बोलाएर बालकोट जाँदै थिए, बाटैमा थाहा भयो,’ उनले भने, ‘अध्यक्षको निर्णय मेरा लागि सप्रराइज भयो ।’ ओलीले दबाब आउने भएकाले गोप्य राखेका रहेछन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट