भिखारीले महिनामा कमाउँछ रु डेढ लाख, बच्चा पढ्छन् सहरकै ठूलो स्कूलमा

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

बेईजिङ । चीनबाट प्रायःजसो अनौठा खबरहरु सामाजिक संजालमा छाईरहेका हुन्छन् । केही समाचार त यस्ता हुन्छन् जसले निकै चर्चा बटुलीरहेको पाइन्छ । अहिले चीनमा एक जना भिखारीको निकै चर्चा चलेको छ ।

खबरका अनुसार उक्त भिखारीले प्रत्येक महिना रु डेढ लाख कमाउने गर्दछ भने उसका छोराछोरीहरु सहरकै सबैभन्दा ठूलो स्कूलमा पढ्ने गर्दछन् । भिखारीले महिनाको एक लाख आम्दानी गर्छ भनी विश्वास गर्न अप्ठ्यारो होला तर, यो सत्य कुरा हो ।

यी भिखारीका तस्बिर सबैभन्दा पहिला सन् २०१४ मा चीनको माइक्रोब्लगिंग साइट वीबोमा सार्वजनिक भएका थिए । उक्त तस्बिरमा भिखारी पैसा गन्दै गरेको देख्न सकिन्छ । सामाजिक संजालमा यी तस्बिर अहिले भाइरल भएका छन् ।

प्राप्त जानकारीका अनुसार भिखारीले प्रत्येक महिना १७ सय डलर कमाउँने गर्दछ । उक्त भिखारीका ३ बच्चा सहरकै ठूलो स्कुलमा पढ्ने गर्दछन् भने परिवारको सबै खर्चा समेत भिखारीले नै उठाएको छ । मानिसहरुसँग पैसा मागी मागी अहिले भिखारीले बेईजिङमा दुई तलाको घरसमेत बजनएको छ ।

हरेक महिना पैसा जुटाएर जम्मा गर्ने गरेको भिखारीले पैसा गन्न स्थानीय अधिकारीहरुको सहयोग लिने गर्छ । यति मात्र हैन पैसा गन्न सहयोग गर्नेहरुलाई भिखारीले अन्त्यमा टिप पनि दिने गर्दछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट