नेपालद्वारा बंगलादेश पराजित

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

राजेश थापामगर
काठमाडौं, २० कात्तिक । नेपाली यू-१९ क्रिकेट टिमले बंगलादेशको यू-१९ टिमलाई तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित गरेको छ । आइतबार बंगालदेश क्रियाशिख प्रोथिस्थान मैदानमा भएको खेलमा नेपालले बंगलादेशलाई ६ विकेटले पराजित गर्दै तीन खेलको सिरिजलाई २-१ मा टुङ्गाएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टिम बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रनको स्कोर खडा गरेको थियो । बंगलादेशलाई मध्यम स्कोरमा समेट्न नेपालका शहाब अलामले ३, अनिल कुमार शाहले २ तथा दिपेन्द्रसिंह ऐरीले १ विकेट लिएका थिए । बंगलादेशका लागि अमिनुल इस्लामले सर्वाधिक ८० तथा एमडी रकिबले ३९ रन बनाएका थिए । २ सय २६ रनको मध्यम लक्ष्य नेपालले ४६ दशमलव ३ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको थियो ।

नेपालको जितमा ओपनर मोहम्मद आशिफ शेख र जितेन्द्रसिंहको १ सय ३९ रनको साझेदारी महत्वपूर्ण रह्यो । नेपालका लागि मोहम्मद आशिफ शेखले सर्वाधिक ९०, जितेन्द्रसिंहले ४५, दिपेन्द्रसिंह ऐरीले २७, रोहित कुमार पौडेलले २५, अनिल कुमार शाहले १५ र भिम शार्कीले १४ रनको योगदान दिए । बंगलादेशका रोनी हसन, काजी अनिक इस्लाम, शाख्वात होसेन र शेफ हसनले समान १-१ विकेट लिएका थिए ।

एसीसी यू-१९ युथ एसिया कपको तयारीका लागि बंगलादेशको भ्रमणमा रहेको नेपाली टिमले यसअघि भएको पहिलो खेलमा बंगलादेशसँग ३ विकेट तथा दोस्रो खेलमा १ सय २३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । आगामी कात्तिक २३ गतेदेखि मलेसियामा हुने युथ एसिया कपमा नेपालले भारत, बंगलादेश र मलेसियाको सामना गर्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट