सानो गल्तीले सुन्दर जेनीको भयो यस्तो हाल (तस्बिरसहित)

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

थाईल्याण्ड । कतिपय मानिसहरु स्वास्थय अवस्था बिग्रेपछि डाकटर कहाँ जान निकै समय लगाउँछन् । हामीमध्ये धेरै मानिसहरु अझै स्वास्थ्यप्रति लापरवाही नै अपनाउने गर्दछौ । कहिले काही सानो मानिने समस्या यस्तै लापरवाहीका कारण ठूलो रुप लिने गर्दछ ।

थाईल्याण्डमा बस्ने एक युवतीसँग यस्तै घटना घटेको छ । जेनी नाम गरेकी उक्त महिलाको सन् २०१५ देखि नै दाँत दुख्ने समस्या सुरु भएको थियो । यति बेला जेनीले दाँत दुखाईलाई वास्ता गरिनन् । विस्तार दुखाई बढ्न थालेपछि जेनी एक वर्षपछि डाक्टर कहाँ गईन् ।

जाँचपछि थाहा भयो सामान्य दुखाई मान्दै आएकी जेनीको दाँतको दुखाईले एक ट्युमरको रुप लिएको रहेछ । उक्त ट्युमर बढ्दै टर्मिनल क्यान्सर बनी सकेको डाक्टरहरुले बताए ।

जेनीले क्यान्सरको उपचारका लागि ६ पटक किमोथेरापी गराईन् तर, उनको ट्युमरको आकार बढ्दै गयो । किमोथेरापीले सुन्दर जेनीलाई अहिले डरलाग्दो बनाएको छ । जेनीको अनुहार बढ्दै गएका कारण उनको नाक, आँखा सबै सुन्निएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट