बादोकाई टिम कोलम्बो प्रस्थान

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

राजेश थापामगर
काठमाडौं । १५औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने भएको छ । नेपालको तर्फबाट पुरुषको ८४ केजीमाथि तौल समूहमा ध्रुव थापा, ७४ केजीमा विकास राजवाहक, ६७ केजीमा नविन महर्जन, ५० केजीमा अनिश लामिछाने, ४५ केजी र एकल कातामा सुरेन्द्र तामाङ तथा ४० केजीमा विवेक कुँवरले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिलातर्फ ४५ केजी र एकल कातामा वर्षा बुढामगर तथा ४० केजीमा विनिता चापागाईंले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालको तर्फबाट निरज महर्जनले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । श्रीलंकाको कोलम्बोमा शनिबार र आईतबार सञ्चालन हुने च्याम्पियनसिपमा सहभागी हुन १० सदस्यीय नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली टिमलाई काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा रक्षामन्त्री भीमसेन दास प्रधान र आईडब्लुएफ बादोकाई कराते संघ नेपालका अध्यक्ष सुदर्शनराज बिष्टले बिदाइ गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट