आईटीएफ एसियन यू–१२ टेनिसमा नेपालले प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

राजेश थापामगर
काठमाडौं, १८ कात्तिक । आईटीएफ एसियन यू–१२ टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम शुक्रबार काजकिस्तान प्रस्थान गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सहभागी हुन जाने खेलाडी तथा प्रशिक्षकलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणालगायतका पदाधिकारीले बिदाई गरेका थिए । कात्तिक २० देखि २५ गतेसम्म काजकस्तिानको अस्तानामा हुने प्रतियोगितामा नेपालको तर्फबाट आर्यन गिरी, आरभ सम्राट हाडा र चिराग तिमिल्सिनाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमको प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । गत मे महिनामा नेपालमै भएको आईटीएफ÷एटीएफ यू–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा दोश्रो हुँदै नेपाल प्रतियोगिताका लागि छनौट भएको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट