महिला टि-२० विश्वकप छनौट खेलका लागि नेपाली टिमको घोषणा

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर
काठमाडौं, १७ कात्तिक । आईसीसी महिला टि -२० विश्वकप क्रिकेटअन्तर्गत एशियाली क्षेत्रको छनौट खेलका लागि अन्तिम १४ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ ।

आईसीसीका प्रतिनिधि अमिनियुल इस्लाम, नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक सामसनजङ्ग थापा तथा कप्तान रुबिना क्षेत्रीको छनौट समितिले नेपाली महिला टिमको छनौट गरेको हो । नेपाली टिमको कप्तानमा रुबिना क्षेत्री तथा उपकप्तानमा सीता रानामगर रहेका छन् ।

अन्य खेलाडीमा ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, काजल श्रेष्ठ र सबनम राई रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा कबिता कुंवर, नितु भण्डारी र रेखा रावल रहेका छन् ।

मंसिर ४ देखि ११ सम्म थाइल्याण्डमा हुने छनौट खेलमा नेपालले चीन, हङकङ, युएई र आयोजक थाइल्याण्डको सामना गर्नेछ । प्रतियोगिताको विजेताले आउँदो वर्ष नेदरल्याण्डमा हुने महिला टि-२० विश्वकप क्रिकेटको छनौट खेलमा सहभागिता जनाउँनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट