नुवाकोटमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

नुवाकोट, १३ कात्तिक । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा राष्ट्रियस्तरका सिनियर र जुनियर प्रतियोगिता यही कात्तिक १७ र १८ गते हुने भएको छ । खेल व्यवस्थापन समितिका संयोजक वासुदेव भट्टका अनुसार नुवाकोटमा १७औँ सिनियर र १०औँ जुनियर दुवैतर्फको राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी र आयोजक नुवाकोट गरी आठ समूहले सहभागिता जनाउने भएका छन् । प्रतियोगितमा पुरुषतर्फ २० केजीदेखि ८० केजीसम्मका गरी विभिन्न तौल समूहका १३ जना र महिलातर्फ २१ केजीदेखि ७५ केजीसम्मका १२ जना गरी एक समूहबाट २५ जनाले सहभागिता जनाउने संयोजक भट्टले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा करिब दुई सय खेलाडी सहभागी हुने जनाइएको छ । प्रतियोगिता एकल स्पाएरिङ र एकल प्याट्रन गरी दुई विधामा संचालन गर्न लागेको आइटीएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जनाए । प्रतियोगितामा सहभागीले ४१ स्वर्ण, ४१ रजत र ८२ कास्य पदक गरी एकसय ६४ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा गराउन लागिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट