एसीसी यू-१९ युथ एसिया कपको लागि नेपाली टिमको घोषणा

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

राजेश थापामगर
काठमाडौं । मलेसियामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुने एसीसी यू-१९ युथ एसिया कपका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपाली यू-१९ टिमका मुख्य प्रशिक्षक बिनोद दास र एसिसिका प्रतिनिधि बैंकटपथी राजुको छनौट कमिटिले आईतबार दिपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

दिपेन्द्रसँगै नेपाली टिममा रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मगर, अनिल कुमार शाह, पवन शराफ, मोहम्मद असिफ शेख, किशोर महतो, शहाब अलाम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की, रसिद खान र जितेन्द्र सिंह रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा सुन्दिप जोरा, बिक्रमकुमार भुषाल, अंकित सुबेदी र बिजय चौधरी रहेका छन् ।

गत महिना थाइल्याण्डमा भएको पूर्विय क्षेत्रको छनौट खेलमा नेपाल च्याम्पियन बन्दै एसिया कपको लागि छनौट भएको थियो । एसिया कपमा नेपाल, आयोजक मलेसिया सहित टेष्ट खेल्ने भारत, बंगलादेशलगायत आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको तयारी स्वरुप नेपाली टिम बंगलादेशको यू-१९ टिमसँग तीनवटा अभ्यास खेल खेल्ने सोमबार बंगलादेश जाँदैछ । नेपाली टिमले बंगलादेशको युवा टिमसँग कात्तिक १६, १८ र १९ गते अभ्यास खेल खेल्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट