मकाउमा नेपाली तेक्वान्दो टिमलाई ५ स्वर्ण

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

राजेश थापामगर
काठमाडौं । मकाउमा जारी मकाउ खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण पदक जितेको छ ।

आईतबार भएको खेलमा शुक्रबहादुर बि.क.ले ६३ केजी, बिनिता घिमिरेले ४९ केजी, करण कोईरालाले ५१ केजी, मदन बि.क.ले ४५ केजी र संजय पुनले ६८ केजीमा स्वर्ण पदक दिलाएका हुन् ।

त्यस्तै ५३ केजीमा सुनिता तामाङ्ग र ५८ केजीमा विकास गौतमले नेपालका लागि रजत तथा ५४ केजीमा रोशन नेपालीले कास्य पदक दिलाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट