नेपाली टिम किर्गिस्तान प्रस्थान

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

राजेश थापामगर
काठमाडौं, १३ कात्तिक । एएफसी यू-१९ च्याम्पियनसिपमा छनौट खेल्न नेपाली टिम किर्गिस्तान प्रस्थान गरेको छ । अर्पण कार्कीको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली युवा टिम आईतबार किर्गिस्तान प्रस्थान गरेको हो ।

किर्गिस्तान जानु पुर्व आईतबार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले एक कार्यक्रम गरी सहभागी हुन जाने खेलाडी तथा अफिसियललाई बिदाई गर्यो । नेपाली टिमलाई रँखेपका सदस्य सचिव केशवकुमार बिष्ट तथा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलेलगायतले बिदाई गरेका थिए ।

बहराईन, युएई, ओमन र आयोजक किर्गिस्तानसँगै समुह ए मा रहेको नेपाल आफ्नो पहिलो खेल मंगलबार किर्गिस्तानसँग खेल्दैछ । त्यस्तै दोस्रो खेल बहराईनसँग कात्तिक १६ गते, तेस्रो खेल युएईसँग कात्तिक १८ र चौथो खेल ओमनसँग कात्तिक २२ गते खेल्नेछ ।

समूहको शीर्ष स्थानमा रहने टिम आगामी वर्ष इन्डोनेसियामा हुने एएफसी यू-१९ च्याम्पियनसिपका लागि छनौट हुनेछ । त्यस्तै विभिन्न समूहबाट छानिएका पाँच उत्कृष्ट उपविजेता पनि च्याम्पियनसिपका लागि छनौट हुनेछन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट