सेनाका बसन्त र सशस्त्रकी सोनीले जिते ट्राईयाथलनमा स्वर्ण

प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

राजेश थापामगर
काठमाडौं, १२ कात्तिक । एनएसए सातौं राष्ट्रिय ट्राईयाथलन च्याम्पियनसिपमा नेपाली सेनाका बसन्त थारु र सशस्त्र प्रहरीकी सोनी गुरुङ्गले स्वर्ण पदक जितेका छन् ।

ट्राईयाथलनको पुरुष स्प्रिन्ट तर्फ ७ सय ५० मिटर पौडी, २० कि.मि.साईकल र ५ कि.मि. दौड सेनाका थारुले १ घन्टा ६ मिनट १९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा रहेका सेनाका दिपेश चौधरीले उक्त दूरी १ घन्टा ७ मिनट ५० सेकेन्डमा र तेश्रो स्थामा रहेका सेनाकै रुद्र कटुवालले १ घन्टा ८ मिनट १५ सेकेन्डमा पुरा गरे ।

यस्तै, महिला तर्फ सशस्त्रकी सोनीले उक्त दुरी १ घन्टा २२ मिनट २४ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात परिन् । सेनाकी याम कुमारी भुजेलले १ घन्टा २६ मिनट ५५ सेकेन्डमा पुरा गर्दै रजत पाईन् । नेपाल ट्राईयाथलन संघको आयोजनामा पोखरा लेकसाईडमा भएको च्याम्पियनसिपको दुवाथलनमा पुरुष तर्फ सेनाका मान बहादुर थापाले स्वर्ण, एपिएफका किरण मल्लले रजत र काठमाडौंका लक्ष्मण मल्लले कास्य जिते ।

महिला तर्फ प्युठानकी हुमी बुढामगरले स्वर्ण, सेनाकी मञ्जु खड्काले रजत र झापाकी शान्तिकला राईले कास्य प्राप्त गरे । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, कास्की, धनुषा, उदयपुर, बांके, काठमाडौं, मोरङ्ग, प्युठान, ललितपुर र झापाका गरि ट्राइयाथलन तर्फ ९ पुरुष र २ महिला तथा दुवाथलन तर्फ २१ पुरुष र ७ महिलाले प्रतिस्पर्धा गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट