विश्व पावरलिफ्टीङ्गमा नेपाललाई स्वर्ण

प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

राजेश थापामगर
काठमाडौं, १२ कात्तिक । भारतको दिल्लीमा आयोजित विश्व पावरलिफ्टीङ्ग च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्ण पदक जितेका छन् ।

शनिबार भएको ९० केजी तौल समूहमा कार्कीले १ सय ६० केजी भार बहन गर्दै स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खेलाडीहरुलाई पछि पारेका थिए ।

सन् २०१५ मा दिल्लीमानै भएको विश्व पावरलिफ्टीङ्गमा पनि बुद्धिले रजत पदक प्राप्त गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट