एएफसी यू-१९ च्याम्पियनसिप छनौटका लागि नेपाली टिमको घोषणा

प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार

राजेश थापामगर
काठमाडौं, १२ कात्तिक । किर्गिस्तानमा हुने एएफसी यू-१९ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ । एन्फाले शनिबार अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय युवा टिमको घोषणा गरेको हो ।

नेपाली टिममा प्रेजन तामाङ, अभिषेक बराल, बिश्वास उदास, अशिम भुसाल, बिकाश खवास, राजन गुरुङ, सुमन अर्याल, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बु, अशोक थापा, दिनेश हेम्जन, अभिषेक रिजाल, अनिल महर्जन, शेशेह्याङ आमदङ्गे, अरिक बिष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरज जेउ ठकुरी, राजेश परियार, मनिष थापा र सोजित गुरुङ रहेका छन् ।

त्यस्तै, नेपाली टिमको मुख्य प्रशिक्षकमा छिरिङ लोब्साङ गुरुङ, प्रशिक्षकमा पुष्कर शाही, गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र तथा ब्यवस्थापकमा गणेशबहादुर चन्द रहेका छन् । कार्तिक १४ गतेदेखि किर्गिस्तानको बिसकेकमा सुुरु हुने प्रतियोगितामा नेपालको समूहमा बहराईन, युएई, ओमन र आयोजक किर्गिस्तान रहेको छ ।

नेपालले पहिलो खेल किर्गिस्तानसँग कात्तिक १४ गते, दोस्रो खेल बहराईनसँग कात्तिक १६ गते, तेस्रो खेल युएईसँग कात्तिक १८ र चौथो खेल ओमनसँग कात्तिक २२ गते खेल्नेछ ।

समूहको शीर्ष स्थानमा रहने टिम आगामी वर्ष इन्डोनेसियामा हुने एएफसी यू(१९ च्याम्पियनसिपका लागि छनौट हुनेछ । त्यस्तै विभिन्न समूहबाट छानिएका पाँच उत्कृष्ट उपविजेता पनि च्याम्पियनसिपका लागि छनौछ हुनेछन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट