महिला टि-२० विश्वकप छनौट खेलका लागि नेपाली टिमको घोषणा

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार

राजेश थापामगर
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एशियाली क्षेत्रको छनौट खेलका लागि २२ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ ।

आईसीसीका प्रतिनिधि अमिनियुल इस्लाम, नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक सामसन जङ्ग थापा तथा कप्तान रुबिना क्षेत्रीको छनौट समितिले वर्षभरिको प्रदर्शनका आधारमा छनौट गरिएका ४४ खेलाडीलाई तीन दिनसम्म सञ्चालन गरिएको छनौट खेलबाट अन्तिम २२ खेलाडी छनौट गरेको हो । छनौट खेल यही कात्तिक ७, ८ र ९ गते किर्तिपुरस्थित त्रिबि मैदानमा सञ्चालन गरिएको थियो ।

नेपाली टिमको कप्तानमा रुबिना क्षेत्री रहेकी छिन् । त्यस्तै अन्य खेलाडीमा सीता राना मगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितु भण्डारी, एलिश क्षेत्री, कबिता कुंवर, बिनु बुढामगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, अञ्जली चन्द, काजल श्रेष्ठ, रेखा रावल र सबनम राई रहेका छन् ।

थाइल्याण्डमा हुने छनौट खेलमा नेपालले चीन, हङकङ, युएई र आयोजक थाइल्याण्डको सामना गर्नेछ । प्रतियोगिताको विजेताले आउँदो वर्ष नेदरल्याण्डमा हुने महिला टी(२० विश्वकप क्रिकेटको छनौट खेलमा सहभागिता जनाउँने छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट