सेपाकताक्रोले विश्वकपमा सहभागिता जनाउने

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर
काठमाडौं । कार्तिक १६ देखि १९ गतेसम्म भारतको हैदराबादमा आयोजना हुने “आईएसटिएएफ विश्व कप – अन्तर रेगु सेपाकताक्रो च्याम्पियनसिप २०१७” मा नेपाली सेपाकताक्रो टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

च्याम्पियनसिपमा नेपालले पुरुष तथा महिला इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । नेपाली पुरुष टोलीमा रुपेश सुनार, रोशन तामाङ्ग, सुजन डङ्गोल, संगिन थापामगर र रविन भट्टराई रहेका छन् भने प्रशिक्षकमा गंगाबहादुर गुरुङ्ग र व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ्ग रहेका छन् । यस्तै महिला टोलीमा सोममाया थापामगर, चन्द्रा चौधरी, सुमित्रा डङ्गोल, उषा महर्जनर र स्वस्तिका श्रेष्ठ रहेका छन् ।

प्रशिक्षकमा ध्रुव गुरुङ्ग र टिम व्यवस्थापकमा जितेन्द्र थापामगर रहेका छन् । शुक्रबार काठमाडांैमा आयोजित एक कार्यक्रमकाबीच सहभागी हुन जाने १४ सदस्यीय महिला तथा पुरुष टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले बिदाई गरे । नेपाली टिम आईतबार त्यस तर्फ प्रस्थान गर्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट