विश्व पावरलिफ्टीङ्गमा नेपाललाई ऐतिहासिक सफलता

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर

काठमाडौं । भारतको दिल्लीमा जारी विश्व पावरलिफ्टीङ्ग प्रतियोगितामा नेपालले ऐतिहासिक पदक जित्न सफल भएको छ ।

बिहीबार भएको प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका बुबा ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत तथा छोरा रोजिन नकर्मीले सव जुनियर १९ वर्ष मुनिमा कास्य पदक जित्दै नेपाललाई ऐतिहासिक पदक दिलाएका हुन् । यस अघि २०१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका थिए ।

त्यस्तै सोही प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए । २०१५ केरेलामा भएको प्रतियोगितामा ज्ञाननारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कास्य पदक हात पार्न सफल भएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट